भ्रष्टाचार मुद्धामा कर्जन्हाका पूर्व मेयर सहित पाँच जना दोषी ठहर,मंसिर १० मा सजाय तोकिने

३० कार्तिक, काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिकाका पूर्व नगर प्रमुख (मेयर) सहित पाँच जना भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्धामा विशेष अदालतले बुधबार पाँच जनालाई दोषी ठहर गरेको हो ।

कर्जन्हा नगरपालिकाका पूर्व प्रमुख गंगा पासमान, प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, अर्का निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो, निर्माण व्यवसायी बैजनाथ यादव दोषी ठहर भएका विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीले बताए ।

उनका अनुसार मंगलबार र बुधबार सुनुवाइपछि विशेष अदालतका खुसीप्रसाद थारू,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले दोषी ठहर गरेको हो ।

उनीहरूलाई सजाय निर्धारणका लागि आगामी मंसिर १० गतेका लागि पेशी तोकिएको छ । आर्थिक वर्ष ०७८/०७९ मा प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा उनीहरूले अनियमितता गरेको आयोगले ठहर गर्दै आयोगले गत चैत १४ मा विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours