३० कार्तिक, एजेन्सी । संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (युएन टुरिजम) ले यस वर्षको छनौटमा चीनका सातवटा गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’ का रूपमा सम्मान तथा पुरस्कृत गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले जनाएको छ।
बेइजिङको स्थानीय समयअनुसार शुक्रबार कोलम्बियाको कार्टाजेनामा आयोजित राष्ट्रसङ्घीय पर्यटन बैठकमा उक्त पुरस्कारको घोषणा गरिएको हो।
पुरस्कृत हुनेमा युन्नानको आझेके, फुजियानको गुआन्याङ, हुनानको शिबाडोङ, सिचुआनको ताओपिङ गाउँ, अनहुईको सियाओगाङ गाउँ, झेजियाङको जिटोउ र सान्डोङको यान्दुन्जियाओ रहेका छन्।
चीनको ग्रामीण पर्यटन विकासमा उल्लेखनीय भुमिका खेलेका पूर्वी, मध्य र पश्चिमी क्षेत्रहरूमा फैलिएका गाउँहरू भूगोल, संस्कृति र विकास नमूनाको सन्दर्भमा प्रतिनिधिमुलक गाउँहरू हुन्।
उदाहरणका लागि, युनेस्कोको विश्व सम्पदा स्थल होङ्गे हानी राइस टेरेसको मध्य विन्दुमा अवस्थित युन्नानको अझेक गाउँले पर्यटन विकासका लागि उल्लेखनिय कार्य गरेको जनाइएको छ। यस गाउँका बासिन्दाहरूले सामूहिक सहभागिता र साझा समृद्धिको मोडेल सिर्जना गर्दै घर र परम्परागत जीवनशैलीजस्ता स्रोतमार्फत पर्यटन प्रवर्द्धनमा योगदान गरेका छन्।
ग्रामीण पर्यटन प्रवद्र्धन गर्न, राष्ट्रसङ्घीय पर्यटनले सन् २०२१ मा सर्वश्रेष्ठ पर्यटन गाउँ परियोजना सुरु गर्यो जसले ग्रामीण क्षेत्रको पोषण र सांस्कृतिक विविधता, स्थानीय मूल्य र परम्पराको संरक्षणमा अग्रणी रहेका विश्वका गाउँलाई मान्यता दिन्छ।
+ There are no comments
Add yours