जापानको आर्थिक वृद्धिदर सुस्त, प्रधानमन्त्री इशिबाद्वारा प्रोत्साहनको तयारी

३० कात्तिक, जापान । जापानका प्रधानमन्त्री शिगेरु इशिबाले विश्वको चौथो ठूलो अर्थतन्त्रका रुपमा जापानले फड्को मार्ने प्रयास गरिरहेको बताइरहँदा तेस्रो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर सुस्त भएको सरकारी तथ्यांकले देखाएको छ ।

जापानमा दशकौँ यताकै सबैभन्दा भीषण आँधी र ‘महाभूकम्प’ को सरकारी चेतावनीले यस गर्मीयाममा औद्योगिक उत्पादन र अन्य आर्थिक गतिविधिमा असर पारेको छ । मन्त्रिपरिषद्को कार्यालयको प्रारम्भिक अध्ययनले जुलाई र सेप्टेम्बरको बीचमा देशको वृद्धिदर ०.२ प्रतिशतले बढेको र यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वृद्धि गर्ने जापानको लक्ष्यलाई सम्बोधन गर्न नसक्ने देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपी ०.९ प्रतिशतले वृद्धि भएको छ, जुन अप्रिल–जुनमा संशोधित २.२ प्रतिशतको तुलनामा निकै कम हो । मुख्य क्याबिनेट सचिव योशिमासा हयाशीले दशकौंसम्म स्थिरता र हानिकारक अपस्फीतिको चपेटामा परेको अर्थतन्त्रको ‘क्रमिक पुनरुत्थान’ को अपेक्षा सरकारले गरेको बताएका छन् ।

‘हाम्रो देश एक महत्वपूर्ण दोबाटोमा छ किनकि यो ज्याला वृद्धि र लगानीद्वारा सञ्चालित वृद्धिमा आधारित अर्थव्यवस्थामा संक्रमण गर्न लागेको छ’, उनले पत्रकारसँगको नियमित भेटमा भने, ‘यसलाई साकार पार्न हामी सबै सम्भावित आर्थिक र वित्तीय नीतिहरू लागू गर्नेछौं, जसमा हाल विचाराधीन प्याकेज पनि समावेश छ ।’

गत महिना सत्तारुढ गठबन्धनलाई १५ वर्षयताकै सबैभन्दा खराब परिणाम दिएको आम निर्वाचनमा नेतृत्व गरे पनि इशिबाले सोमबार संसदीय मतदानमा विश्वासको मत प्राप्त गर्न सफल भएका छन् ।

सरकारले सन् २०३० सम्ममा १० ट्रिलियन येन (६४ अर्ब अमेरिकी डलर) भन्दा बढी को साथ एआई र सेमीकन्डक्टर क्षेत्रलाई समर्थन गर्ने योजना सार्वजनिक गरेका छन्। उनले यसै महिना नयाँ प्रोत्साहन प्याकेजका लागि पूरक बजेटको मस्यौदा पारित गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरेका छन् ।

यसमा कम आय भएका परिवार र परिवारका सदस्यका लागि नगद हस्तान्तरणसमेतको योजना समावेश गरिएको छ । आन्तरिक परीक्षण स्क्यान्डलसँग सम्बन्धित व्यवधानपछि उत्पादन पुनः सुरु भएपछि कारहरूमा उच्च खर्चले त्रैमासिक अवधिमा उत्पादन बढाउन मद्दत पुर्‍याएको विश्लेषकहरूले बताएका छन्।

तलब वृद्धि र अस्थायी आयकर कटौती पनि सकारात्मक कारक मानिएका छन् । यो वर्ष आएको ७.१ म्याग्नीच्यूडको भुकम्पीय झट्कापछि जारी गरिएको ‘महाभूकम्प’ चेतावनी र शानशान नाम दिइएको चक्रवात (आँधी) ले आर्थिक वृद्धिलाई सुस्त बनाएको छ ।

अगस्तको अन्त्यमा शानशानको अवतरणपछि औदोगिक उत्पादनमा पनि असर परेको थियो, जसले गर्दा जापानलाई रेल र उडान सेवाहरू रद्द गर्न बाध्य पारेको थियो । सोही महिनाको सुरुमा मौसम एजेन्सीले पहिलो पटक नयाँ चेतावनी प्रणालीअन्तर्गत जारी गरेको महाभूकम्प चेतावनीले ‘पर्यटनको मागमा कमी आएको’ बताएको थियो ।

यसले उपभोक्ताहरूलाई आपतकालीन आपूर्तिको स्टक गर्न उत्प्रेरित गरेकने थियो, जसले सुपरमार्केटहरूमा चामलको अभाव निम्त्याएको थियो । हजारौंले सप्ताहव्यापी परामर्शको समयमा बिदाहरू रद्द गरे।

‘तेस्रो त्रैमासिकमा अर्थतन्त्रले गति गुमाएको छ र हामीलाई लाग्छ कि आगामी त्रैमासिकमा जीडीपी वृद्धि लक्ष्यको वरिपरि रहनेछ,’ क्यापिटल इकोनोमिक्सका एशिया–प्यासिफिक प्रमुख मार्सेल थिलियान्टले शुक्रबार भने, ‘यद्यपि, बैंक अफ जापान ‘उपभोक्ता खर्चको शक्तिबाट प्रोत्साहित हुनेछ र अर्को महिना हुने बैङ्कको बैठकमा दर वृद्धिको साथ अगाडि बढ्ने अपेक्षा अझैपनि गर्न सकिन्छ ।’

You May Also Like

More From Author

+ There are no comments

Add yours