२५ कात्तिक, काठमाडौं । आइतबार बजारमा कुल ९ अर्ब ७७ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३२.३ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब १९ करोडको धितोपत्र खरिद हुँदा ३ अर्ब १४ करोड रुपैयाँको बिक्री भयो ।
५ कम्पनीमार्फत खरिद धेरै भएको छ भने ५ मार्फत बिक्री धेरै भएको छ । नासा, लिन्च, अनलाइन, डायनामिक र सारेप्रोमार्फत बिक्री धेरै भएको छ । त्यस्तै इम्पेरियल, भिजन, सनी, आर्यतारा र क्यापिटलमार्फत खरिद धेरै भएको छ ।
टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, ङादी ग्रुप, साहस ऊर्जा, पिपुल्स हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स लगायत रहे ।
+ There are no comments
Add yours