२२ कार्तिक, चितवन । चितवनको भरतपुर महनगरपालिका-२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ।
मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बाप्र ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र ०३–००१ ख २८१२ नं को बस आपसमा ठक्कर खादा चार जनाको मृत्यु भएको हो।
हायसमा सवार गोरखा आरुघाटका राजबहादुर गुरुङ, नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षकी एक महिला, अन्दाजी ३०–३५ वर्षका दुई पुरुषको मृत्यु भएको हो।
सो दुर्घटनामा अन्य चार जना घाइते भएकोमा दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
+ There are no comments
Add yours