२२ कार्तिक, काठमाडौँ । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) भर्न चाहनेहरूका लागि आज अन्तिम दिन रहेको छ ।
संयुक्त राज्य अमेरिकाको सन् २०२६ का लागि खुला गरेको ईडीभी आवेदन आजसम्म मात्र भर्न पाइने अमेरिकी राजदूतावासले जानकारी दिएको हो ।
ईडीभी भर्ने म्याद कात्तिक २० गतेसम्मका लागि थियो । यद्यपि २ दिन समय थप गरी कात्तिक २२ गते अर्थात् आजसम्म भर्न सकिने व्यवस्था गरिएको थियो ।
अमेरिकी दूतावासका अनुसार ईडीभीमा आज साँझ १०ः४५ बजेसम्म आवेदन दिन सकिने छ । नेपालबाट पनि ईडीभी अमेरिका जानेहरूको संख्या बढ्दो छ । यस पटक पनि ईडीभी भर्नेको संख्या उच्च रहेको बताइएको छ ।
+ There are no comments
Add yours