२१ कार्तिक, काठमाडौँ । अमेरिकाका ५० वटा राज्यहरु मध्ये केही राज्यहरु डेमोक्र्याटिक दल र केही राज्यहरु रिपब्लिकन दलका गढहरु हुन् । यी राज्यहरुमा जति सुकै जे गरे पनि अधिकांश चुनाव डेमोक्र्याटिक दल बाजी मार्छन भने रिपब्लिकनका पनि आफ्ना राज्यहरुमा प्राय रिपब्लिकन दलकै उम्मेदवारहरु बिजयी हुन्छन ।
तर अमेरिका ७-८ वटा यस्ता राज्यहरु छन् जसलाई स्विङ स्टेट( रणभूमि)राज्यहरू भनिन्छ । यस्ता राज्यहरुमा अन्तिम समयमा जनताले दुवै दलका कुनै पनि नेतालाई जिताउन सक्दछन । यस पटक सन् २०२४ को निर्वाचनमा त्यही परिणाम आयो ।
यस्ता ७ वटा सात स्विङ स्टेट( रणभूमि)राज्यहरूमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सात वटै राज्यमा अभूतपूर्व बिजयी हासिल गर्दै ४७ औ राष्ट्रपतिमा बिजयी भए । यी सात मध्ये ४ वटा जित्ने कुनै पनि उम्मेदवारले बाजी मार्ने भनिएता पनि सातै वटामा ट्रम्प आश्चर्य सहित सबै खाल नै उठाए ।
उपराष्ट्रपति कमला ह्यारिस र डोनाल्ड ट्रम्प बीच ई स्विङ स्टेट( रणभूमि)राज्यहरूमा केवल ३-४ या ४-३ मा बाडिएको भएता पनि चुनावको परिणाम फरक हुन्थ्यो । तर त्यसो भएन सिधै ट्रम्पले ह्यारिसलाई पराजित गरे ।
प्रारम्भिक चुनावको गणनामा नर्थ क्यारोलाइना, पेनसेलभेनिया ,विस्कनसिन ,मिसिगन ,नर्थ क्यारोलाईनामा ह्यारिस अगाडी थिइन् । तर मध्य राती अर्थात् बुधबार बिहान देखि यी राज्यहरुमा क्रमस ट्रम्पले मतमा ह्यारिसलाई पछाडी पारे ।
ह्यारिसले बाइडेन जस्तो चमत्कार गर्न सकिनन् । सन् २०२० मा पेनसेलभेनिया ,विस्कनसिन ,मिसिगन ,जर्जिया र एरिजोनामा समेत बाइडेनले ट्रम्पलाई हराए पछि जो बाइडेन ४६ औ राष्ट्रपतिमा निर्वाचित भएका थिए ।
स्मरण रहोस,नर्थ क्यारोलाइना रिपब्लिकनको गढ हो, जर्जिया पनि र एरिजोना पनि । तर बाइडेनले सन् २०२० मा पासा पल्टाइदिएका थिए । अमेरिकामा मुख्य स्विङ स्टेट( रणभूमि)राज्यहरू जर्जिया,नर्थ क्यारोलाइना ,पेन्सिलभेनिया ,एरिजोना, मिशिगन, नेभादा र विस्कन्सिन सबैमा ट्रम्पले जितेका छन् ।
+ There are no comments
Add yours