एलन मस्कले १४ अप्रिल २०२२ मा ४४ बिलियनको सदुपयोग गरेका थिए कि दुरपयोग ?

राजेन्द्र तिवारी

२१ कार्तिक, काठमाडौँ । एलन मस्कले १४ अप्रिल २०२२ मा सामाजिक संजाल ट्विटर ४४ बिलियन डलरमा किने। उनले ट्विटरलाई धेरै नया फिचरहरु थपेर निशुल्क बाट सशुल्क बनाए। यस्को नाम समेत बदलेर X राखे। ट्विटरमा रहेको अभिव्यक्ति स्वतन्त्रता माथिको बन्देजलाई खुला गरे। मस्कले ट्विटर किन्नु भन्दा अगाडी रुस-युक्रेन युद्धमा रुसको पक्षमा लेखे बापत सेन्सर देखि एकाउन्ट बन्द नै पनि हुन्थियो। त्यस्तै अमेरिकी सरकारी नीतिको बिरोधमा लेखे पनि त्यो एकाउन्ट बन्द हुन्थियो। स्वयम ट्रम्पको एकाउन्ट समेत ट्विटरले सस्पेन्ड गरेको थियो।

मस्कले यो काम रोक्का गरे। मस्कले ट्विटरलाई अमेरिकी मुलधारका संचार माध्यम सिएनएन, फक्स, न्युयोर्क टाइम्सहरुको बिरोधमा बैकल्पिक संचार माध्यमको रुपमा उभ्याए। ४४ बिलियन डलर हावामा उठाएको भनेर सबैले उनको यो मुर्खताको खिल्ली उडाए। ट्विटर डोनाल्ड ट्रंपको प्रचार माध्यम बनिदियो। अरु मुलधारका मिडियाले ट्रंपको बिरोध गरे पछि ट्विटरले सहज रुपमा चिर्न सफल भयो। आज को जित पछी भएको भेलालाई सम्बोधित गर्दै ट्रम्पले भने-

हामीसँग नयाँ नायक छन, एलन। उनि एक अद्भुत व्यक्ति हुनु!
यतिबेला सबैले महसुस गरिरहेका होलान मस्कले ४४ बिलियनको सदुपयोग गरेका थिए कि दुरपयोग ? 😉

You May Also Like

More From Author

+ There are no comments

Add yours