२१ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोल विधिमार्फत निक्षेप संकलन गर्न लागेको हो ।
बुधबार दिउँसो २ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलमा सहभागी हुन पाउने जनाइएको छ । राष्ट्र बैंकले मंसिर १२ गते यसको साँवा ब्याज भुक्तानी गर्ने उल्लेख गरेको छ ।
+ There are no comments
Add yours