१९ कार्तिक काठमाडौँ।साहित्यकार खड्ग न्यौपानेद्वारा लिखित पुस्तक जर्मनी, आप्रवासन र अनुभूति अनुशीलन नामक कार्यक्रम राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा काठमाडौँमा हुँदैछ।
मिति २०८१ साल कार्तिक २० गते मङ्गलबारको दिन ठिक २ बजे राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको केन्द्रीय कार्यालयको सभाकक्ष बागबजार काठमाडौँमा हुने भएको छ। राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आयोजनामा हुन गइरहेको कार्यक्रममा सम्पूर्ण घटक संगठनका पदाधिकारी, सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, नेपालका केन्द्रीय अध्यक्ष कमरेड प्रेमनाथ अधिकारीले निमन्त्रणा सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अपिल गर्नुभएको छ। कला साहित्यसँग रुचि राख्ने जो कोही पनि उपस्थित हुन सक्ने जानकारी गराउँदै सञ्चारकर्मी मित्रहरूलाई पनि उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको डिजिटल खबर मार्फत जानकारी गराउनुभएको छ।
जर्मनीको जन्मकालदेखि त्यो देशले छोटो समयमा प्राप्त गरेको विकास र समृद्धि , आविष्कार, वैज्ञानिक, दार्शनिक, शिक्षा, कृषि, स्वास्थ्य, शिक्षा, भू-वनौट, औद्योगिक क्रान्ति, उद्योग, व्यापार, पहिलो र दोश्रो विश्वयुद्ध, कला, संस्कृति, रीतिरिवाज, अँध्यारा र उज्याला पक्ष, खेलकूद, राजनीति र वैदेशिक नीति लगायत सबै पाटा र पक्षहरुलाई समेटेर तयार पारिएको ” सम्पूर्ण सूचना हो पनि भन्न सकिन्छ।
लामो समय जर्मनीमा बस्ताका बखत यौटा आप्रवासीले भोगेका प्राप्त गरेको तीता, मीठा , आरोह अवरोह, प्राप्त गरेका ज्ञान, सीप र सन्देश आदि साहित्यकार खड्ग न्यौपाने द्वारा लिखित पुस्तकमा पाइन्छ।
+ There are no comments
Add yours