१४ कात्तिक, काठमाडौं । गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली महिला फुटबल टिमलाई प्रति गोल रु. १ लाख पुरस्कार दिने भएको छ ।
बुधबार बैंकले सूचना जारी गर्दै दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली टीमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान दिने घोषणा गरेको हो ।
बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टीमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टीमलाई प्रति गोल रु. १ लाख प्रदान गर्नेछ । नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा ATM मार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
विकास बैंकले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाजिक क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउनुका साथै स्वास्थ्य, शिक्षा, धार्मिक, सांस्कृतिक, वातावरणीय संरक्षण तथा खेलकुदको विकास तथा प्रबर्द्धनमा सहयोग गर्दै आइरहेको छ ।
+ There are no comments
Add yours