१४ कात्तिक, काठमाडौँ । ट्रायम्फले भारतीय बजारमा टाइगर सिरिजका नयाँ बाइकहरू सार्वजनिक गरेको छ । बेलायती बाइक निर्माता कम्पनीले ल्याएको बाइकमा टाइगर १२०० जीटी प्रो, टाइगर १२०० जीटी एक्सप्लोरर, ट्राइम्फ १२०० र्याली प्रो र ट्राइम्फ १२०० र्याली एक्सप्लोरर रहेका छन् ।
टाइगर १२०० रेन्जले यसको राइडको गुणस्तरमा थप सुधार गर्ने र यसको विश्वव्यापी अपिललाई थप वृद्धि गर्ने ट्रायम्फका सीपीओ स्टिभले बताएका छन् ।
कम्पनीले ११६० सीसी क्षमताको लिक्विड कुल्ड डीओएचसी इन लाइन थ्री सिलिन्डर इन्जिन उपलब्ध गराएको यी बाइकले १५० पीएस पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ । हाइड्रोलिक, वेट, मल्टी प्लेट, स्लिप र असिस्ट क्लच उपलब्ध यसमा ६ स्पिड गियरबक्स छ ।
बाइकमा ट्रायम्फ ब्लाइन्ड स्पट रडार सिस्टम, सेमी एक्टिभ सस्पेन्सन सेटअप, ७ इन्चको टीएफटी डिस्प्लेसहितको ट्राइम्फ कनेक्टिभिटी सिस्टम, कर्नरिङ ट्रयाक्सन कन्ट्रोल, सिक्स राइडिङ मोड, कीलेस, एलईडी लाइटसहितको डीआरएल, ट्राइम्फ सिफ्ट असिस्ट, हिटेड ग्रिप र सिट, टीपीएमएस, हिल होल्ड, जीटी प्रो र र्याली प्रोमा २० लिटरको इन्धन ट्याङ्की र जीटी एक्सप्लोरर र र्याली एक्सप्लोररमा ३० लिटरको इन्धन ट्याङ्की, १८ र १९ र १८ण्२१ इन्च टायर र डम्प ह्यान्डल बार जस्ता फिचर प्रदान गरिएको कम्पनीको भनाइ छ ।
कुल ६ रङमा उपलब्ध तीन वर्षको अनलिमिटेड माइलेज वारेन्टी रहेको ट्राइम्फ बाइकको एक्स शोरूम मूल्य १९ लाख ३९ हजार भारुदेखि सुरु हुन्छ ।
+ There are no comments
Add yours