नेपाल एसबिआई बैंकको खुद नाफा ७० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो छ ?

१३ कार्तिक, काठमाडाैँ । चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो त्रैमासमा नेपाल एसबिआइ बैंकको खुद नाफा ७०.०१ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष असोज मसान्तसम्म ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ८१ करोड ३६ लाख ५१ हजार रुपैयाँ पुर्याएको हो ।

इम्पेरिमेन्ट चार्ज (रिभर्स) रकम १९३.५२ प्रतिशतले घटेर २७ करोड ७६ लाख रुपैयाँ ऋणात्मक भएसँगै बैंकको खुद मुनाफामा उच्च बृद्धि भएको हो ।

बैंकको खुद ब्याज आम्दानी २.४३ प्रतिशत र कुल सञ्चालन खाम्दानी ०.४७ प्रतिशतले घटेको छ । नेपाल एसबिआई बैंकको खुद ब्याज आम्दानी गत बर्ष पहिलो त्रैमासमा १ अर्ब ३८ करोड २० लाख रुपैयाँ रहेकोमा यस बर्ष सोही अवधिमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ कायम भएको छ ।

पहिलो त्रैमासमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड ९० लाख रुपैयाँ रहेको छ । त्यस्तै, बैंकले जगेडा कोषमा ७ अर्ब ९२ करोड ५९ लाख रुपैयाँ सुरक्षित गरेको छ भने चुक्ता पुँजी १० अर्ब ५० करोड १ लाख ५२ हजार रुपैयाँ छ ।

असोज मसान्तसम्म बैंकले १ खर्ब ८१ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गरेर १ खर्ब २८ अर्ब ५ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । गत बर्षको पहिलो त्रैमासको तुलनामा नेपाल एसबिआई बैंकले निक्षेप रकम ३.२९ प्रतिशत र कर्जा प्रवाह रकम १.६४ प्रतिशतले बृद्धि गरेको देखिन्छ ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको निस्क्रिय कर्जा बढेको छ । गत बर्ष असोज मसान्तमा २.३५ प्रतिशत खराब कर्जा रहेकोमा समीक्षा अवधिमा यस्तो कर्जा बढेर १.८४ प्रतिशत पुगेको हो ।

त्यस्तै, असोज मसान्तसम्म बैंकको कस्ट अफ फण्ड १३.०१ प्रतिशत र बेस रेट ७.७२ प्रतिशत छ । यसैगरी, प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ३ पैसा रहेको छ भने नेटवर्थ प्रतिसेयर १९३ रुपैयाँ ४६ पैसा छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours