१२ कार्तिक, काठमाडौँ । मिती २०८१ साल कार्तिक १३ गते मंगलबार कार्तिककृष्णपक्ष द्वादशी तिथी बिहान ११ / ०१ बजेसम्म त्यस उपेरान्त त्रयोदशी तिथी भएकोले यो दिन धनत्रयोदशी (धन्तेरस) हो भने १४ गते बुधबार धन्वन्तरि जयन्ती रहेको छ र यो दिन यम दीपदान हो।
धनतेरस पूजा विधि
धनतेरसको दिन सबैभन्दा पहिले बिहान उठेर दिनचर्याको चिन्ता छोडेर धनतेरस पूजाको तयारी गर्न थाल्नुहोस्।यसपछि घरको उत्तर–पूर्व कुनामा भगवान धन्वंतरीको पूजा गर्नुहोस्।ध्यान राख्नुहोस् कि पूजा गर्दा आफ्नो अनुहार सधैं उत्तर, पूर्व वा उत्तर दिशामा राख्नुहोस्।
पूजा गर्दा पञ्चदेव अर्थात् सूर्यदेव, भगवान गणेश, माता दुर्गा, भगवान शिव र भगवान विष्णुको मूर्ति स्थापना गर्नुपर्दछ।यसपछि भगवान धन्वंतरीको षोडशोपचार पूजा गर्नुहोस्।पूजाको अन्त्यमा, सिद्धिको लागि निश्चित रूपमा दक्षिणा चढाउनुहोस्।पूजा समापन पछि भगवान धन्वंतरीको अगाडि धूप, दीप, बेसार, कुमकुम, चन्दन, अक्षत र फूल अर्पण गरी पूजा गर्नुहोस्।
यसपछि घरको मुख्य प्रवेशद्वार वा आँगनमा दियो बाल्नुहोस्।यम देवताको नाममा दीप अवश्य बाल्नु।त्यसैगरी यस दिन यमदीपदान गर्ने चलन पनि छ ।धार्मिक विधि अनुसार दिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्छ ।यसो गर्दा मृत्युपछि यमराजले दिने यातना खप्नु पर्दैन भन्ने विश्वास गरिन्छ ।धनतेरसको दिन घरमा आफ्नो मनपर्ने देवताको पूजा गर्दा स्वस्तिक, कलश, नवग्रह देवता, पञ्च लोकपाल, षोडश मातृका र सप्त मातृकाको पूजा गर्न नबिर्सनुहोस्।
धनतेरसको पौराणिक कथा
भगवान धन्वंतरीलाई स्वास्थ्यका देवताको रुपमा पुजिन्छ ।पौराणिक कथा अनुसार सागर मन्थनका बेला भगवान धन्वंतरी अमृत कलश लिएर अवतरण गरेका हुनाले यस दिन भाँडाकुँडा किन्ने चलन प्रचलित भएको हो ।
अर्को किंवदन्ती अनुसार एक पटक भगवान विष्णुले श्राप पाएपछि लक्ष्मीले तेह्र वर्ष किसानको घरमा बस्नुपर्ने भयो ।माता लक्ष्मीको त्यो किसानको बासले गर्दा उनको घर धनसम्पत्तिले भरियो।तेह्र वर्षपछि भगवान विष्णु लक्ष्मीलाई लिन आउँदा किसानले लक्ष्मीलाई त्यहीँ बस्न अनुरोध गरे ।
यसबारे लक्ष्मीले किसानलाई भोलि त्रयोदशी रहेको भन्दै दीप सफा गरी दीप प्रज्वलन गरी पूजा गरेमा कृषकले ऐश्वर्य र धन दौलत प्राप्त हुने बताइन् ।यसपछि किसानले माता लक्ष्मीले भनेजस्तै गरे ।तब माताको कृपाले धन र वैभव प्राप्त हुन्छ।त्यसबेलादेखि धनतेरसको दिन लक्ष्मीको पूजा गर्ने चलन सुरु भएको जनविश्वास छ। धन्तेरसको दिन काैडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको काैडी कमलगट्टा र सिङ्गो धनियाँ लक्षमी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।
पं-बालमुकुन्द देबकोटा
+ There are no comments
Add yours