अवतरण अनुमति सकिएको थाई एयर एसियाको यात्रुसहित जहाज आकाशमा ‘होल्ड’

११ कात्तिक, काठमाडौं । थाई एयर एसियाको जहाज आकाशमै ‘होल्ड’ हुन पुगेको छ । जहाज २ बजे अवतरण गर्नुपर्ने तालिका रहेको जहाज अवतरण अनुमति सकिएको (एक्स्पायर) भएपछि ‘गुराँस प्वाइन्ट’ मा होल्ड गराइएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो । यात्रुसहित जहाज होल्डमा बसिरहेको छ ।

निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो । आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन । ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन,’ उनले भने ।

जहाजलाई अवतरण गराउने वा डाइभर्ट गराउनेबारे अहिले प्राधिकरणका उच्च अधिकारीहरू छलफलमा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours