९ दशमलव १९ अंकले घटेकाे बजारमा ४ अर्बकाे काराेबार

११ कार्तिक, काठमाडाैं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा गिरावट देखिएको छ । अघिल्लो सातादेखि खस्किएको शेयर बजारले यो साताको पहिलो कारोबारको दिन आइतबारपनि उकालो यात्रा तय गर्न नसकेको हो ।

आज शेयर बजार मापक परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९ दशमलव १९ अंकले घटेर २६ सय १७ दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजदिनभर १ करोड ११ लाख ३४ हजार १ सय ७८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ अर्ब ५० करोड ८३ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एलआइसी नेपाल, रिभर फल्स पावर र माइखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

समृद्धि फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै नेपाल एसबिआई बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशलमव ७९ प्रतिशतका दरले गुमाएका हुन् ।

आज फाइनान्स समूहको १.११ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४७ प्रतिशत, जीवन बीमा समूहको १.१५ प्रतिशतले शेयर मूल्य बढेको छ । आइतबार ९१ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours