सुनको भाउ फेरि ऐतिहासिक बिन्दुमा

११ कार्तिक, काठमाडाैं । सुनको भाउ ऐतिहासिक बिन्दुमा पुगेको छ । आइतबार प्रतितोला १४ सय रुपैयाँले बढेसँगै भाउ ऐतिहासिक बिन्दुमा पुगेको हो ।

आइतबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ६७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भएको थियो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७४८.०९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३३.७ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours