विकल्पको विचलन

गुणराज लुइँटेल

११ कात्तिक, काठमाडाैँ ।
आठ वर्षअघि १६ असोज २०७३ मा मैले यसै स्तम्भमा लेखेको थिएँ– ‘प्रतीक्षा नयाँ खेलाडीको।’ त्यो बेला विवेकशील नेपाली दल नामक भर्खरै उठ्न खोजेको एउटा अभियानको चर्चा त्यसमा गरिएको थियो। प्रमुख भनिएका दलहरूले आमविश्वास गुमाउँदै गएका कारण यस्ता दलहरूले अभियान चलाउन सकिने बेला आएको त्यहाँ उल्लेख थियो। डा. बाबुराम भट्टराईजस्ता तत्कालीन नेकपा (माओवादी) का विचारक पनि नयाँ शक्ति निर्माण गर्नुपर्छ भनेर पार्टी छाडेर अभियानमा लागिसकेका थिए।

दोस्रो संविधानसभा निर्वाचनमा भाग लिएको विवेकशील सुरु हुँदै गर्दा धेरैलाई यसले मुलुकको राजनीतिमा ताŒिवक अन्तर पार्ने विश्वास भइसकेको थिएन। तर यो नयाँ दलका युवाले साँच्चिकै उदाहरणीय काम गरिरहेका थिए। तिनले डा. गोविन्द केसीको स्वास्थ्य सेवा र शिक्षा सुधार अभियानको सहयोगमा आफूलाई लगाइरहेका थिए। प्रायः शनिबार काठमाडौँमा तिनले केसीको अभियानमा सुरु भएको आन्दोलनमा सक्रियता देखाइरहेका हुन्थे।

विवेकशीलका ती संघर्षको पृष्ठभूमिमा नयाँ भनिएका दलहरूको अहिलेको आन्दोलन हेरिँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्ना सभापति रवि लामिछाने सहकारी ठगीलगायतका मुद्दामा पक्राउ परेपछि आन्दोलनमा छ। पोखराबाट सुरु भएको आन्दोलन काठमाडौँ आइपुगेको छ।

आइरिस नाटककार स्यामुअल बेकेटको ‘वेटिङ फर गोदो’ कै हालतमा नेपाली समाज रहेको छ। कोही न कोही ‘तारणहार’ आउने प्रतीक्षामा त्यही बस्छ, जो सधैँ नायकत्वको खोजीमा हुन्छ। नेपाली समाज पनि त्यही नायकको खोजी गर्दागर्दै यहाँसम्म आइपुगेको हो।

रास्वपालाई गत निर्वाचनमा राम्रै चिठ्ठा परेको हो। विवेकशील आन्तरिक विग्रहका कारण धराशायी भएका बेला विकल्प खोजिरहेका सर्वसाधारणले रास्वपालाई पाएका थिए। रास्वपा सभापति लामिछाने पनि केहीअघि भएको स्थानीय तह निर्वाचनमा बालेन्द्र (बालेन) साह, हर्क साम्पाङलगायतको उपलब्धिबाट राजनीतिमा हामफाल्न तत्पर भए। लामिछानेका निम्ति त्यो कदम सही सावित भयो। त्यो निर्वाचनमा पाएको सफलताले उनलाई देशको शक्तिशाली उपप्रधान र गृहमन्त्रीको कुर्सीमा पुर्‍यायो।

वास्तवमा यो बाटो बनाएको विवेकशीलले नै हो। विवेकशील दलका कैयन् व्यक्ति यसमा लागे। काठमाडौँबाट निर्वाचित यसका सांसदको पृष्ठभूमि विवेकशील हो। विवेकशील दल यथावत् रहन पाएको भए रवि होइन, तिनैले यो अवसर पाउने थिए। त्यसैले रवि एक्लैको लोकप्रियताले रास्वपालाई २१ स्थान प्राप्त भएको होइन। विवेकशीलको तर्फबाट निरन्तर गरिएको विगत कामको परिणामलाई उनको लोकप्रियतासमेत जोड्दा यो सफलता प्राप्त भएको हो।

अझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्येक साँझ कवितात्मक शैलीमा व्यंग्य गरिरहेका बालेनलाई प्रतिशोध साँध्न पाउने भए अवश्य बाँकी राख्ने थिएनन्। त्यस्तै अवस्था रास्वपाका अन्य सांसदको पनि हुने थियो। तिनलाई कसैले पनि बोल्न र आफ्ना गतिविधि गर्नबाट रोकिरहेका छैनन्।

विवेकशील लगत्तै बिबिसीका पूर्वपत्रकार रवीन्द्र मिश्रले सुरु गरेको साझा पार्टी पनि निकै ठूलो तयारीका साथ आएको थियो। विवेकशीलमा रहेका युवालाई परिचालन गरी अगाडि बढ्ने उद्देश्यका साथ मिश्रसँग मिलन भएपछि त्यो विवेकशील साझा बन्न पुगेकोसमेत हो। मिश्रको ‘विचारभन्दा माथि देश’ अभियानले त्यो दललाई पनि एक हुन दिएन। उनले विचारभन्दा माथि देश होइन, ‘राजा’ राख्न खोजेको ठानेपछि विवेकशील छिन्नभिन्न हुन पुग्यो। त्यही दललाई मात्र एक ठाउँमा राख्न सकेको भए रास्वपाको ठाउँ यसैले लिने थियो। सम्भवतः राजनीतिले भिन्न र दिगो बाटो लिन सम्भव थियो।

नेपाली समाज जहिल्यै नयाँ शक्तिको पक्षमा देखिएको छ। पुरानाबाट भएन भन्ने भएपछि नयाँ आएर केही गरिदिन्छन् कि भन्ने आशामा नेपाली समाजले जहिल्यै धिपधिपे बत्ती बालिरहेको देखिन्छ। आइरिस नाटककार स्यामुअल बेकेटको ‘वेटिङ फर गोदो’ कै हालतमा नेपाली समाज रहेको छ। कोही न कोही ‘तारणहार’ आउने प्रतीक्षामा त्यही बस्छ, जो सधैँ नायकत्वको खोजीमा हुन्छ। नेपाली समाज पनि त्यही नायकको खोजी गर्दागर्दै यहाँसम्म आइपुगेको हो।

भ्रष्टाचारविरुद्ध निर्मम भएर यो मुलुकमा कारवाही भएकै छैन। त्यसमा अनुसन्धान र कारवाही गर्न बरु अहिलेको संरचनामै परिवर्तन गर्नुपर्ने भइसकेको छ।

संसदीय निर्वाचनमा आएको परिणाम, त्यसअघि स्थानीय तहमा निर्वाचित भएका स्वतन्त्र व्यक्ति आदिका कारण पुराना दलले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको हो। जब ‘मलाई त्यही गृहमन्त्री चाहिन्छ’ शैलीमा रविको प्रवेश भयो, त्यसले विस्तारै वैकल्पिक राजनीतिमा पनि प्रश्न उठाउँदै गयो। पहिलोपटक नागरिकताका कारण उनले सांसद पद गुमाए। अहिले उनी सहकारी ठगी प्रकरणबाट थुनामा पुगेका छन्। अन्तिम फैसला उनको विरुद्धमा भयो भने सधैँका निम्ति राजनीतिबाट पनि हात धुनुपर्ने अवस्था आउनेछ।

तैपनि मुलुकको वैकल्पिक राजनीतिको अन्त्य भइसकेको छैन। तर अहिले रास्वपाका तर्फबाट जुन गतिविधि हुँदैछन्, त्यसले भने वैकल्पिक राजनीतितिर आमनागरिकको ध्यान विकर्षित गर्ने खतरा बढ्दो छ। रविलाई अहिले गरिएको गिरफ्तारी नयाँ दलप्रतिको प्रतिशोध भन्ने अर्थ लगाउन किन सकिँदैन भने स्वतन्त्र भनिएका नगर प्रमुख र अन्य पदाधिकारीलाई समेत काम गर्नबाट कसैले रोकेको छैन। अझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रत्येक साँझ कवितात्मक शैलीमा व्यंग्य गरिरहेका बालेनलाई प्रतिशोध साँध्न पाउने भए अवश्य बाँकी राख्ने थिएनन्। त्यस्तै अवस्था रास्वपाका अन्य सांसदको पनि हुने थियो। तिनलाई कसैले पनि बोल्न र आफ्ना गतिविधि गर्नबाट रोकिरहेका छैनन्।

कानुनको शासनमा विश्वास हुने हो भने अहिलेसम्म सहकारी ठगीमा गिरफ्तार भएका ६ सयभन्दा बढी व्यक्तिमध्ये एकजना रवि पनि हुन् भन्नेमा विश्वस्त हुनुपर्छ। तर कुनै दलको नेता भएकै आधारमा कुनै विषयमा अनुसन्धान हुन नपाउने हो भने त्यसले अराजकता मात्र निम्त्याउँछ। 

विवेकशीलको राजनीतिबाटै लोकप्रिय भइसकेका विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सुमना श्रेष्ठहरूले आफूलाई अब राजनीतिमा कसरी अगाडि बढाउँछन् भन्ने ध्यानदृष्टि सबैले दिइरहेका छन्। त्यसैगरी नेपाली कांग्रेसमै हुँदा बौद्धिक व्यक्तिको छवि बनाइसकेका स्वर्णिम वाग्लेले अब कसरी आफूलाई यथार्थमै नेताका रूपमा कसरी अगाडि बढाउँछन् ? वा कुनैबेला विवेकसम्मत ढंगले कुरा गर्ने मनिष झाले आफूलाई कसरी सान्दर्भिक बनाउँछन् भन्ने प्रश्न पनि त्यत्तिकै छन्। राज्यले वैकल्पिक राजनीति गर्नेमाथि प्रतिशोध साँध्यो भनेर एकोहोरो वक्तव्यवाजी गर्ने कि कानुनलाई आफ्ना प्रक्रिया पूरा गर्न दिने ?

कुनै अभियोगमा आफ्नो दलका नेता समातिनासाथ सडक आन्दोलन गर्ने भएपछि त्यस्तो राजनीतिप्रति विश्वस्त हुन गाह्रो हुन्छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण र नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीसमेत पक्राउ परेका थिए। त्यो बेला यी दुवै दलले सडक बन्द र आन्दोलन गर्न आफूलाई लगाएनन्। त्यसैले मुलुकको विकल्प बन्ने आकांक्षा बोकेर आएका दलले आफ्नो व्यवहार सुधार गर्नु आवश्यक छैन ? नेपालकै सन्दर्भमा भन्ने हो भने राजनीतिक प्रतिशोधकै आधारमा मुद्दा लगाउने काम कम्तीमा पनि २०४६ सालपछि भएको छैन। त्यस्तो हुँदो हो त अहिलेसम्म यस्ता धेरै मुद्दा सार्वजनिक भइसक्थे।

बल हुने जतिले कानुनी प्रक्रिया पूरा हुन नदिने हो भने यस्तोमा पक्राउ पर्ने सर्वसाधारण मात्र हुन सक्छन्। पछिल्ला घटनाक्रमले नयाँ शक्तिको उदयमा रोक लाग्न संकेत देखिँदैछ। यसले आमविश्वास गुमाउन धेरै समय लाग्दैन। 

प्रायः लोकतन्त्र भएकै मुलुकमा पनि भ्रष्टाचारसम्बन्धी मुद्दा प्रतिशोधका लागि लगाउने गरेको देखिन्छ। हाम्रो मुलुकमा भने पछिल्ला केही वर्षयता हदैसम्मको अभिव्यक्ति स्वतन्त्रता छ। राजनीति गर्न कसैले पनि कसैको मुख ताक्नु पर्दैन। निर्वाचनमै पनि गडबडी गर्नेखालको सत्ता हुँदो हो त नयाँ दलका उम्मेदवारले मत पाउने थिएनन्। त्यसमा पनि तल–माथि गर्न सकिने थियो। भ्रष्टाचारविरुद्ध निर्मम भएर यो मुलुकमा कारवाही भएकै छैन। त्यसमा अनुसन्धान र कारवाही गर्न बरु अहिलेको संरचनामै परिवर्तन गर्नुपर्ने भइसकेको छ।

कानुनको शासनमा विश्वास हुने हो भने अहिलेसम्म सहकारी ठगीमा गिरफ्तार भएका ६ सयभन्दा बढी व्यक्तिमध्ये एकजना रवि पनि हुन् भन्नेमा विश्वस्त हुनुपर्छ। तर कुनै दलको नेता भएकै आधारमा कुनै विषयमा अनुसन्धान हुन नपाउने हो भने त्यसले अराजकता मात्र निम्त्याउँछ। त्यसैगरी साइबर सेना लगाएर आफ्ना विरुद्धमा बोल्न नदिने प्रवृत्तिको पनि अन्त्य आवश्यक छ। त्यसैले रास्वपाका नेता तथा सांसद र अन्य कार्यकर्ता, शुभेच्छुकले राजनीतिक व्यवहार गर्न तत्पर हुनुपर्छ। तिनका अराजक व्यवहारले जे भए पनि पुरानै दल ठीक रहेछन् भन्ने अवस्थामा पुर्‍याउन सक्छ।

नयाँ शक्तिको आवश्यकता भए पनि त्यसले गलत बाटो समायो भने भइरहेका उपलब्धि गुम्ने खतरा उनले देखिरहेका छन्। गलत तत्वका हातमा आन्दोलन जान नदिन सचेत हुने बेला आइसकेको छ।

देशले पढे/लेखेका, संसार बुझेका र सुशासनका निम्ति काम गर्ने नेता खोजेको छ। आफ्ना आलोचकको सत्तोसराप गर्ने, साइबर सेना लगाउने र जथाभावी गर्न खोज्ने दलले कहिल्यै सबैको विश्वास जित्न सक्दैन। रास्वपाले रविमाथिको कारबाहीमा प्रतीक्षा गरेर हेर्नुपर्छ। बल हुने जतिले कानुनी प्रक्रिया पूरा हुन नदिने हो भने यस्तोमा पक्राउ पर्ने सर्वसाधारण मात्र हुन सक्छन्। पछिल्ला घटनाक्रमले नयाँ शक्तिको उदयमा रोक लाग्न संकेत देखिँदैछ। यसले आमविश्वास गुमाउन धेरै समय लाग्दैन। त्यस्तो भयो भने अझै लामो समय मुलुकले अप्ठ्यारो अवस्था सामना गरिरहनु पर्नेछ।

डा. बाबुराम भट्टराईले समाजवादी आन्दोलनको आवश्यकता महसुस गर्न छाडेका छैनन्। भर्खरै पोखरामा सम्पन्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले लिएका निर्णय सन्दर्भमा शनिबार सम्पादकहरूसँगको भेटमा उही पुरानो विश्वास उनले दोहोर्‍याए। नयाँ शक्तिको आवश्यकता भए पनि त्यसले गलत बाटो समायो भने भइरहेका उपलब्धि गुम्ने खतरा उनले देखिरहेका छन्। गलत तत्वका हातमा आन्दोलन जान नदिन सचेत हुने बेला आइसकेको छ।

@gunaraj

नागरिक

You May Also Like

More From Author

+ There are no comments

Add yours