धान खेत मास्दै सुपारी खेती लगाउदै किसान

हरिप्रसाद कोइराला

१० कात्तिक, उर्लाबारी । मोरङका किसान धान खेत मास्दै सुपारी खेती लगाउन थालेका छन् । सुपारी खेतीमा बहुबाली लगाउन सकिने र सुपारीका दानासँगै पात पनि राम्रो मूल्यमा बिव्रmी हुन थालेपछि किसान सुपारीप्रति आकर्षित भएका हुन् ।

कृषि ज्ञान केन्द्र मोरङको तथ्याङ्क अनुसार मोरङमा ९०५ हेक्टर जमिनमा सुपारी खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र मोरङका प्रमुख दीपा देवले भन्नुभयो, “हाम्रो तथ्याङ्कमा उत्पादन हुने क्षेत्र तीन वर्षयता बढेको देखिँदैन तर असारयता सुपारी लगाउने किसान र उत्पादन क्षेत्र बढेको छ । उहाँका अनुसार मोरङमा आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ९४९.५४ मेट्रिक टन सुपारी उत्पादन भएको थियो । यो उत्पादन अघिल्लो आवको तुलनामा १.५४ मेट्रिक टनले बढी हो ।

मोरङमा खासगरी उत्तरी मोरङका मिक्लाजुङ, लेटाङ र केराबारीमा सुपारी खेती हुने गरेको छ । लेटाङका खगेन्द्रराज भण्डारीले गत वर्ष सुपारीका पात मात्र छ हजार रुपियाँमा बिव्रmी गर्नुभयो । त्यस्तै सोही स्थानका हरिप्रसाद धिमालले १० हजारको पात बिव्रmी गर्नुभयो । भण्डारीले छ सय बिरुवा र धिमालले एक हजार पाँच सय बिरुवा सुपारी लगाउनु भएको छ । सुपारी बिव्रmीबाट समेत राम्रो मूल्य पाइरहनुभएका धिमाल र भण्डारी प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । सुपारी सानो भइन्जेल तरकारी, अदुवा, बेसार खेती गर्न सकिने र ठुलो भएपछि सुपारीका बोटमा पान र मरिच खेती गर्न सकिने भएपछि किसानमा थप आकर्षण बढेको कृषि केन्द्र प्रमुख दीपा देव बताउनुहुन्छ ।

पछिल्लो समय मोरङका उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी र बेलबारीमा पनि किसानले धान खेत मास्दै सुपारी लगाउन थालेका छन् । पथरी शनिश्चरे–३ का छवि घिमिरेले चार कट्ठा जमिनमा एक हजार दुई सय बिरुवा लगाउनुभएको छ । एक पटक लगाएपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि सुपारी लगाएको घिमिरेको भनाइ छ । उहाँ मात्र होइन, जयन्द्र चुडालले एक बिघामा, खगेन्द्र सुवेदीले पाँच कट्ठामा, मोहन गौतमले सात कट्ठामा, दीपक दाहालले सात कट्ठामा, खगेन्द्र लुइटेलले पाँच कट्ठामा र वासु काफ्लेले एक कट्ठामा सुपारी खेती लगाउनुभएको छ ।

कोशी नर्सरीका सञ्चालक उस्मान खानले सुपारी रोपिदिएर एक वर्षसम्म स्याहार गरिदिने र वर्ष दिनअघि मरेका बिरुवा साटिदिने गरी प्रतिबिरुवा दुई सय रुपियाँमा सेवा दिएपछि किसान सोही अनुसार सुपारी खेतीमा लागेका छन् तर हाल आएर किसान ठगिएको अनुभूति गर्न थालेका छन् । किसान वासुदेव काफ्लेले भन्नुभयो, “हाल आएर उनी किसानको फोन उठाउन छोडेका छन् ।

यता मोरङको कानेपोखरी क्षेत्रमा समेत सुपारी खेतीको लहर चलेको छ । कानेपोखरी–५ को कालिका नर्सरीका सञ्चालक वासुदेव राजवंशीले भन्नुभयो, “एक वर्षयता एक लाख बिरुवा बिव्रmी गरिसकेको छु । कानेपोखरी, बेलबारी र पथरीसम्मका ग्राहकले बिरुवा लानु भएको छ । राजवंशीले ८० हजार बिरुवा भारतबाट र अरू आफैँले हुर्काएको नर्सरीबाट बिक्री गर्नुभएको हो । कानेपोखरी–७ की विमला कोइरालाले भन्नुभयो, “तीन कट्ठा जग्गामा दुई सय बिरुवा लगाएको छु । ५० रुपियाँ गोटाका बिरुवा शतप्रतिशत हुर्किएको कोइरालाले बताउनुभयो ।

कोशी प्रदेशकै ठुलो दिपेश नर्सरी सुन्दरहरैँचा खोर्सानेका सञ्चालक दिपेश जोगीले यो वर्ष मात्र डेढ लाख बिरुवा बिव्रmी गरिसक्नुभएको छ तर उहाँले देशभर बिरुवा वितरण गर्नुहुन्छ । दिपेशले भन्नुभयो, “मोरङमा मात्र ३० हजार बढी बिरुवा बिक्री भएको छ ।

उत्तरी मोरङमा भने नर्सरीबाट किनेरभन्दा आफैँ नर्सरी राखेर बिरुवा लगाउने व्रmम बढेको छ । किसानले दाना खरिद गर्ने र आफैँ नर्सरी राखेर बिरुवा उत्पादन गर्दा लागत खर्च कम हुने गरेको किसानको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours