सगरमाथा निकुञ्जभित्र घोडामा पर्यटक बोक्न रोक

०९ कात्तिक, काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र घोडामा पर्यटक बोक्न रोक लगाइएको छ ।

निकुञ्जले शुक्रबार एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र घोडाहरू निकुञ्जको कोर एरियाबाट बाहिर निकाल्न अल्टिमेटम दिएको छ ।

निकुञ्जको कोर क्षेत्रभित्र निजी घोडाधनीले घरपालुवा घोडालाई पर्यटक बोक्ने प्रयोजनमा प्रयोग गर्ने गर्छन् । यस्तो काम लार्चादोभान, लोबुचे, थुक्ला, गोरक्क्षेप जस्ता क्षेत्रमा हुने गरेको छ ।

यो क्षेत्र संवेदनशिल भौगोलिक अवस्था भएको भन्दै निकुञ्जले घोडाको हिँडडुल र चरिचरणले यस क्षेत्रको पारिस्थितिकीय प्रणाली, वन्यजन्तु तथा वनस्पतिमा नकारात्मक असर पर्ने निकुञ्जको भनाइ छ ।

निकुञ्जको अनुमति नलिई घरपालुवा घोडा हिँडडुल गराउन, चराउन र बास बसाउने काम नगर्न समेत निकुञ्जले सर्वसाधारणलाई सचेत गराएको छ । यस भेगमा मानिसहरुको पदयात्रा हुनेगर्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours