रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित प्रदर्शन गर्दै

०९ कार्तिक, काठमाडौँ । रास्वपाले शुक्रवारदेखि काठमाडौं केन्द्रित प्रदर्शन सुरु गर्दैछ ।

कास्की जिल्ला अदालतले सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिए लगतै रास्वपाले शुक्रवारदेखि काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्न लागेको हो । सभापति लामिछाने पक्राउको विरोधमा रास्वपा कार्यकर्ताले गत शनिबारदेखि नै पोखरामा समेत प्रदर्शन गर्दै आइरहेका थिए ।

रास्वपाले सरकारविरुद्ध दिउँसो १ बजे माइतीघर मण्डलामा राजनीतिक प्रतिशोधविरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।

लामिछानेलाई झुट्टा मुद्दामा सरकारले फसाउन खोजेको आरोप लगाउँदै शनिबारदेखि लगातार रास्वपाका नेता तथा कार्यकर्ताहरु विरोधमा उभिएका छन् ।

अब अभियानकै रूपमा अगाडि बढिसकेको बताउँदै रास्वपा नेताहरूले सरकारविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने बताएका छन् ।

आन्दोलनको तयारीस्वरुप काठमाडौंमा उपलब्ध जिल्ला, प्रदेश र केन्द्रका नेताहरूको बैठक पनि बसेको छ । बैठकमा प्रदर्शनलाई शान्तिपूर्ण बनाउने, व्यवस्थित गर्ने लगायत विषयमा छलफल भएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours