अवैध सुनसहित न्यूरोडबाट २ जना पक्राउ

०९ कार्तिक, काठमाडौँ । अवैध सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले न्यूरोडबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा भारतको पश्चिम बंगाल कलकत्ता, पश्चिम मेदिनीपुर घर भएा ३५ वर्षीय प्रशान्तिज बेरा र पश्चिम बंगालकै मेदानपुर जिल्ल समङ थाना घर भएका ३० वर्षीय आनन्द साहु छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्यूरोडबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरुबाट ११६.४५ ग्राम सुन बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।शंकास्पद तवरले न्यूरोडमा हिँड्दै गरेको अवस्थामा साहुलाई प्रहरीले पक्राउ गरेको थियो । उनीबाट बिना बिल बजिकको उक्त सुन बरामद भएको थियो।अनुसन्धानका क्रममा उक्त सुन बेराको रहेको खुलेपछि उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरुलाई कारबाहीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours