आज – ०९ कार्तिक २०८१ शुक्रवार को राशिफल

९-कार्तिक २०८१ | शुक्रवार २५-अक्टोबर २०२४। कार्तिक कृष्णपक्ष अष्टमी तिथि, ६ः११ बजेपछि नवमी। तिष्य नक्षत्र, १२ः२७ बजेपछि अश्लेषा। चन्द्रराशि कर्कट।

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग विशेष सावधान रहनुहोला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउन सक्छ।

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। मिहिनेतले विशेष उपहार वा पुरस्कार दिलाउन सक्छ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्नुअघि पूर्वतयारी गर्नु बुद्धिमानी हुनेछ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। मिहिनेतले केही उपलब्धि प्राप्त हुनेछ।

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। समुदायको नेतृत्व गर्दै आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। आँटले कीर्तिमानी दिलाउन सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट मनग्य लाभ मिल्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरका लागि केही दौडधुप गर्नुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। भौतिक साधनको उपयोगले फाइदा दिनेछ। श्रमको उचित मूल्य पाइनेछ। छोटो समयमै राम्रो प्रगति हुनेछ। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। सहयोगीहरू पनि जुट्नेछन्।

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ।

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

परिश्रम परे पनि अरूका लागि उपयोग भइनेछ। सामाजिक काममा सहभागी बन्ने अवसर जुट्न सक्छ। तर अवसरले पछ्याए पनि ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला। पहिलेकाे असावधानीले स्वास्थ्य कमजोर रहला। सरकारी कामकाज रोकिन सक्छ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय छ। काममा शुभचिन्तकहरूको राय लिएर अघि बढ्नुहोला।

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आँटेकाेकाम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। आफ्नो वस्तुमा समेत अरूले दाबी गर्न सक्छन्। श्रम परे पनि कमै लाभांश प्राप्त हुने समय छ। प्रयत्न गर्दा पछिका लागि केही काम गर्न सकिनेछ। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान दिनुहाेला।

मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले काममा पनि उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै फाइदा उठाउन सकिनेछ।

मीन – Piscesदि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिस्थितिवश चिताएको काममा विलम्ब हुनेछ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसक्दा पछि परिने सम्भावना छ। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ। शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला।

You May Also Like

More From Author

+ There are no comments

Add yours