०८ कार्तिक, काठमाडौँ । निरन्तर सात दिनसम्म रेकर्ड बनाउदै बढेको सुन र चाँदीको मूल्य कात्तिक ८ गते, बिहीबार, घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।
पछिल्ला सात कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको थियो । नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि ४० रुपैयाँले घटेको छ । बिहीबारको बजारमा चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लो चार कारोबार दिनदेखि चाँदीको मूल्यले उचाई बनाउदै बढेको थियो ।
RSS Error: WP HTTP Error: cURL error 28: Operation timed out after 10001 milliseconds with 0 bytes received
+ There are no comments
Add yours