पहिलो त्रैमासमा २ वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

०८ कार्तिक, काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन्। नियम उल्लंघन गर्ने दुई बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको हो।

राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दा/सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराएको छ।

यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours