अद्वैतलाई पद्मश्री पुरस्कार

०७ कात्तिक, काठमाडौँ। खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले तीन श्रष्टा र साधकलाई पद्मश्री पुरस्कार प्रदान गरेके छ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा २०८० सालको पद्मश्री साहित्य पुरस्कार प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’लाई प्रदान गरिएको हो ।

त्यस्तै यसैगरी पद्मश्री साधना सम्मान भारतको सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यिक तथा चिन्तक पवनकुमार चामलिङलाई प्रदान गरिएको हो।

पद्मश्री गौरव पुरस्कार त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति, पूर्व राजदुत तथा नागरिक समाजका अभियन्ता प्रा.डा. केदारभक्त माथेमालाई प्रदान गरियो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले तीनै जना श्रष्टा तथा साधकला तीन-तीन लाख नगदसहित सम्मान गरे ।

समालोचक गौतम पूर्वीय तथा पाश्चात्य दर्शन र साहित्यका गहन अध्येता तथा उत्तरआधुनिक सिद्धान्तका व्याख्याता हुन् । उनका समालोचनात्मक र आख्यानात्मक एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

पद्मश्री गौरब पुरस्कार पाउने माथेमा समतामूलक समाज निर्माणका लागि समर्पित शिक्षासेवी हुन् । उनी २०४७ सालको परिवर्तनपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति रहँदा गुणस्तरीय शैक्षिक विकास र प्राज्ञिक स्वतन्त्रताको पक्षमा योगदान गरेका थिए ।

कार्यक्रमका क्रममा माथेमाले सार्वजनिक शिक्षामा सबै देशबासीको समान पहुँच स्थापित हुनुपर्ने बताए । चाम्लिङ भारतको सिक्कीम राज्यमा लगातार २४ वर्ष मुख्यमन्त्री रहेका राजनीतिज्ञ मात्रै होइनन्, लेखक, कवि एवं चिन्तक पनि हुन्।

चामलिङको पहलमा स्थापना भएको ‘निर्माण प्रकाशन’ले नेपाली भाषा र साहित्यको श्रवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको छ । कार्यक्रममा पूर्वमुख्यमन्त्री चाम्लिङले नेपाली भाषा तथा संस्कृतिको अभिभावकत्व नेपालले लिनुपर्ने बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours