सुन-चाँदीको मूल्यले दैनिक बनाउँदै रेकर्ड

०७ कार्तिक, काठमाडाैं । सुनको भाउले बुधबार पनि रेकर्ड कायम गरेको छ । दसैँपछि लगातार रेकर्ड कायम गर्दै आएको सुनले आज पनि नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य एक लाख ६५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महसंघका अनुसार बुधबार चाँदी प्रतितोला दुई हजार १३५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्धन्दको प्रभावसँगै अमेरिकी डलरको विनिमय दरमा देखिएको मजवुतिले सुनको मुल्यमा नयाँ रेकर्ड कायम गर्न सहयोग पुर्याएको बिश्लेषकहरुको भनाई छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेसँगै भाउमा पनि वृद्धि भएको हो । लगानीकर्ताहरु सुनमा बढी आकर्षित हुँदा भाउ वृद्धि भएको व्यवसायीहरु बताउँछन् ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ७५०.४९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३४.७२ डलरमा कारोबार भइरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours