हुन्डाई मोटर्सको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब डलर

०६ कार्तिक, काठमाडौं । दक्षिण कोरियाली गाडी निर्माता कम्पनी हुन्डाईको ‘ब्रान्ड भ्यालु’ २३ अर्ब अमेरिकी डलर (३० खर्ब ८२ अर्ब रुपैयाँ बराबर) भएको छ ।

यो ब्रान्ड भ्यालुले कम्पनी संसारकै ३०औं ठूलो ब्रान्डभित्र पर्न सफल भएको हुन्डाईले जनाएको छ । इन्टरब्रान्ड्सले तयार पारेको ‘बेस्ट ग्लोबल ब्रान्ड्स २०२४’ मा हुन्डाई परेको हो ।

हुन्डाईका अनुसार यो सफलताले कम्पनीको ब्रान्ड भ्यालु पछिल्लो पाँच वर्षमा ६३ प्रतिशतका दरले बढेको पुष्टि भएको छ भने लगातार दोस्रो वर्ष सफलता श्रेणी बढेको हो ।

अघिल्लो वर्ष ३६औं स्थानमा रहेको हुन्डाई यो वर्ष ३० मा परेको हो । ब्रान्ड भ्यालु लगातार १४ वर्षदेखि वृद्धि हुँदै आएको कम्पनीको भनाइ छ ।

हुन्डाई मोटर्सको ब्रान्ड भ्यालु बढ्नुका प्रमुख कारकमा यसको ब्रान्ड भिजन ‘मानवताका लागि उन्नति’ रहेको उसको भनाइ छ ।

त्यसैगरी हुन्डाईको आयोनिक ५ गाडीले सन् २०२४ को ‘वल्र्ड पर्फर्मेन्स कार’ अवार्ड पाउनु ब्रान्ड भ्यालु बढाउने महत्त्वपूर्ण कारण रहेको कम्पनीले जनाएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours