सेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो

०६ कात्तिक, काठमाडौं । अघिल्ला दुई दिन लगातार घटेको सेयर बजार मंगलबार २५.८८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६६५ मा कायम भएको छ । नेप्सेका अलवा सबै सेक्टरका सूचक बढे । बजारको अंक बढ्दा कारोबार रकम भने घटेको छ ।

अघिल्लो दिन ५ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब १७ करोडमा खुम्चियो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढेका छन् ।

फाइनान्स सबैभन्दा धेरै ३.०३ प्रतिशत बढ्यो । बैंकिङ ०.६८, विकास बैंक १.२५, होटल तथा पर्यटन ०.४४, हाइड्रोपावर १.४२, लगानी ०.९२, जीवन बीमा ०.४९, उत्पादन २.१४, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.६१, अन्य १.०२ र व्यापार समूह ०.९० प्रतिशत बढे ।

रावा इनर्जीको मूल्य ८.८६ प्रतिशत बढ्यो । मनकामना इन्जिनियरिङको ७.८२, थ्रीस्टार हाइड्रोपावरको ६.३६, माहुली लघुवित्तको ६.१० तथा मैलुङखोला जलविद्युतको ६.०९ प्रतिशत मूल्य बढ्यो ।
विन नेपाल लघुवित्तको मूल्य ४.७५ तथा सिकलेस हाइड्रोपावरको २.५० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा गुडविल फाइनान्स, कुमारी बैंक, हिमालयन रिइन्स्योरेन्स, पिपुल्स हाइड्रोपावर र एसबीआई बैंक क्रमशः अगाडि रहे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours