आज अमेरिकी डलर र कुबेती दिनारको मूल्य बढ्यो

०६ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ । युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित केही विदेशी मुद्राको भने भाउ घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८२ पैसा छ । हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा थियो ।

त्यसैगरी आज यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३० पैसा छ । हिजो यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४९ पैसा रहेको थियो ।

त्यस्तै आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ । हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ९५ पैसा थियो ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०१ पैसा र बिक्रीदर ९० रुपैयाँ ४२ पैसा थियो ।

कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

सूची:

You May Also Like

More From Author

+ There are no comments

Add yours