रवि लामिछानेको फाईल बोकेर कास्की प्रहरीका एसपी ओलिया र डिएसपी शर्मा जिल्ला अदालतमा

०२ कात्तिक, पोखरा । पुर्व उपप्रधान तथा रास्वपाकाका सभापति रवि लामिछानेलाई पक्राउ गर्नु पर्ने कारण सहितको फाईल बोकेर जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख र उपप्रमुख जिल्ला अदालत कास्कीमा गएका छन् ।

जिल्ला एसपी श्याम ओलिया र डिएसपी बसन्त शर्मा फाइलसहित अदालत भित्र प्रवेश गरेका छन् ।

फाइलमा रवि लामिछानेलाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी गराउन आवश्यक पर्ने कागजात समावेश रहेको स्रोतले जनाएको छ ।

जिल्ला अदालत कास्की दशैको विदापछि आजैदेखि खुलेको छ । अदालतमा रहेका ७ मध्ये ६ न्यायाधिश विदामा छन् ।

एक जना न्यायाधिश कृष्णजंग शाह ढिलो गरी अदालतमा हाजिर भएका छन् ।

न्यायाधिश आउनासाथ कास्की प्रहरीका प्रमुख र उपप्रमुख दुवै जना अदालत भित्र प्रवेश गरेका हुन् ।

आज विहानै देखि रवि विरुद्ध पक्राउ पुर्जी जारी हुने हल्ला चले पनि प्रहरीका कुनै पनि अधिकारीले औपचारिक धारणा दिएकाछैनन् ।

सूर्य दर्शन लगायतका सहकारीको रकम दुरुपयोग गरेको आरोपमा रवि माथि छानविन हुन लागेको हो ।

आजै विपक्षी दलकी बैठक राखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रवि लामिछाने पक्राउ पर्ने संकेत दिएका थिए ।

आजै प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक तथा पूर्वप्रहरी नायव महानिरीक्षक छविलाल बन्जाडे जोशीलाई पनि अदालतमा हाजिर गराएको छ ।

उनलाई म्याद थप गर्नका लागि अदालत लगिएको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours