“नेताहरूको भ्रस्टाचार र जनताको दुरुपयोग: पचरौता नगरपालिकामा राजनीतिक असमानता”

०१ कार्तिक, काठमाडौँ । समस्या यहाँनेर छ कि नेताहरू आफैँ बिग्रिएका छैन्, जनताहरुले बिगारेको हो ।नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थको लागि जनतालाई दुरुपयोग गरिरहेका छन्, जनतालाई नै दोष दिएर पन्छिन्छन्। तर वास्तवमा जनता नेताहरूको स्वार्थी सोचको सिकार भएका हुन्। एउटा सामान्य कुरा बुझ्न जरूरी छ :नेतालाई चुनाव जित्नको लागि विकास गर्न जरूरी नै छैन। उनीहरूले चुनाव जित्नका लागि भ्रस्टाचारको बाटो रोज्छन्, किनकि उनीहरूको दिमागमा एउटै कुरा चलिरहेको हुन्छ, ‘यदि मैले पैसा फाले भने, चुनावमा त जीत पक्का छ।’ यही सोचले गर्दा नेता विकास नगरीकन पनि जित्छन् भन्ने मानसिकता बनाएर बस्छन्।

म ६३/६४ को मान्छे हुँ, मलाई केही थाहा छैन संसार देख्न बाँकी नै छ, तर जहाँ छु त्यहाँको सही र गलत छुट्याउन लायक छु। मेरो जन्मस्थल मधेश प्रदेश, बारा जिल्लाको पचरौता नगरपालिकामा, यो समस्या अझ गहिरिएको छ। यहाँका नेताहरूले चुनाव जित्नका लागि जनतालाई तात्तिने मात्र मान्छन्। जब चुनाव आउँछ, तिनीहरूले पैसा, मदिरा, र अन्य लोभलालचको खेती गर्छन्, र जनताले पनि बाध्यताले ती लोभलालचमा फस्छन्। यसले विकासको मुद्दालाई पछि पारेको छ र भ्रस्टाचार नै राजनीति र चुनाव जित्ने एकमात्र साधन बनेको छ। तर नेताहरूले यो बुझ्नुपर्छ कि जनताको मन जित्नका लागि विकासको काम गरिनु आवश्यक छ। जनताले सही र गलतको छुट्याउन सक्ने क्षमता विकास गर्नुपर्छ, र यो प्रक्रिया सकारात्मक परिवर्तनको आरम्भ हो।

नेताहरूको सोचमा परिवर्तन ल्याइँदा मात्र देशमा विकास सम्भव हुनेछ। यदि नेताहरूले साँचो विकासको काम गरे, भने जनताले पनि विकासप्रति उत्साहित हुनेछन्। यसका लागि, व्यक्तिगत फाइदाको सट्टा सार्वजनिक हितमा ध्यान दिनु आवश्यक छ। यसले समाजमा असमानता र भ्रष्टाचारलाई कम गर्नेछ। पचरौता नगरपालिकामा, यदि चुनाव जित्नका लागि भ्रस्टाचारको प्रयोग गर्ने प्रवृत्ति हटाइन्छ भने, जनताले परिवर्तनको आशा पुनः जागृत गर्न सक्छन्। यसले सकारात्मक परिणाममा सहयोग पुर्याउँछ र सबैका लागि फाइदाजनक हुनेछ।

यस समस्या समाधान गर्न दुई पक्षमा ध्यान दिनुपर्छ। पहिलो कुरा, नेताहरूको सोच परिवर्तन गर्नुपर्छ। उनीहरूले बुझ्नुपर्छ कि चुनाव जित्ने एकमात्र उपाय भ्रस्टाचार होइन। विकास गर्नाले मात्र देश र जनताको भविष्य राम्रो हुनेछ, र यो नै दिगो राजनीति हो। दोस्रो कुरा, जनतालाई पनि सजग र सचेत हुन आवश्यक छ। उनीहरूले आफ्नो मतको मूल्य बुझ्नुपर्छ र लोभलालचमा नफस्नुपर्छ। जनताले भ्रस्ट नेताहरूलाई प्रश्न गर्नुपर्छ र उनीहरूलाई जिम्मेवार बनाउनुपर्छ। जब जनताले मतको सही उपयोग गर्न सिक्छन्,तब मात्रै नेताहरू विकासप्रति इमानदार बन्न बाध्य हुन्छन्।
यही कारणले गर्दा देशमा जनताको र नेताहरूको सम्बन्धमा ठूलो विभाजन आएको छ। नेताहरूको अनुत्तरदायी र भ्रष्ट प्रवृत्तिले गर्दा जनतामा निराशा पैदा भएको छ। तर यसलाई समाधान गर्नको लागि हामीले शिक्षा, सचेतना, र जनतामा राजनीतिक सजगता फैलाउनुपर्छ। जब जनताले आफैँ प्रश्न उठाउन थाल्छन्, नेताहरू सुधारिन बाध्य हुन्छन्।

समाधानको लागि, नेताहरूको सोच परिवर्तन हुनुपर्छ, र जनतालाई आफ्नो मतको मूल्य बुझ्न जरुरी छ। शिक्षा आवश्यक छ, ताकि जनताले भ्रष्ट नेताहरूलाई प्रश्न गर्न र जिम्मेवार बनाउन सकून्।

You May Also Like

More From Author

+ There are no comments

Add yours