दशैँमा ‘पिङ’ खेल्नैपर्छ ! इतिहासमा के छ ?

३० असाेज, काठमाडौं । दशैंमा एकपटक भए पनि जमिन छाड्नुपर्छ; भन्ने मान्यता छ । यसो गर्नाले मृत्यु पश्चात स्वर्गमा वास पाइने मिथक प्रचलित छ । यही मान्यतामा दशैंमा खेलिने पिङले आपसमा रमाउने र साथीभाइ सँग जमघट हुने बहाना दिएको छ ।

पुरानो समयमा पिङका रुपमा काठमा खोपेर र काठका टुक्रालाई जोडेर दुई खम्बामा ठड्याइ पिङ बनाइन्थ्यो । रोटेसनमा घुम्ने भएकाले रोटे पिङ नाम दिइएको यस्तो पिङ हिजोआज भने विरलै देख्न पाइन्छ ।

देशभरका अधिकांश क्षेत्रमा बाँसमा डोरी झुन्ड्याएर बनाइने पिङ प्रचलनमा छ । सामाजिक दूरी र डिजिटल कनेक्सनका कारण भौतिक जमघट गराउने पिङको महत्व कम हुँदै गएको पाइन्छ ।

पिङसँग प्रत्यक्ष रुपमा मनोरञ्जन गाँसिए पनि यो खेल स्वास्थ्यसँग पनि गाँसिएको छ । पिङ खेल्दा शरीर स्फूर्त र ताजगी रहन्छ । दशैंमा मीठो, मसिनो खासगरी मासुजन्य खानेकुरा खाने गरिन्छ ।

व्यायाम बिना एकोहोरो खाएको खानाले पाचनप्रणालीमा समस्या निम्त्याउँछ । खाना अस्वभाविक बोसोमा रूपान्तरण भई विभिन्न रोग लाग्ने हुन्छ । त्यसैले खानापछि पिङमा मच्चिनाले शरीरका मांसपेशीहरू चलायमान हुन्छ । पेटको व्यायाम हुन्छ । साथै पिङ खेल्दा भोक जाग्ने र पाचनमा पनि मद्दत गर्नुका साथै मस्तिष्कलाई पनि चुस्त बनाउँछ ।

पिङको विश्व इतिहास

पिङको विश्व इतिहास खोतल्ने हो भने ग्रीकसम्म पुग्न सकिन्छ । इशापूर्व पाँचौ शताव्दीमा ग्रीक सभ्यताको अन्वेषण गर्ने क्रममा महिला तथा बच्चाहरू पिङमा रमाउँदै गरेको चित्र कोरिएको माटोको भाँडा भेटिएको थियो । जसले पिङ ग्रीक सभ्यतासँग गाँसिएको तथा इशापूर्व पाँचौँ शताब्दीभन्दा अगाडिदेखि नै प्रचलनमा रहेको प्रमाणित हुन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours