आज – २९ आश्विन २०८१ मंगलवार को राशिफल

२९-असोज २०८१ | मंगलवार १५-अक्टोबर २०२४। आश्विन शुक्लपक्ष त्रयाेदशी तिथि। पूर्वभाद्रपदा नक्षत्र। चन्द्रराशि कुम्भ, १५ः२५ बजेपछि मीन।

मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। पेसा–व्यवसायमा साँझतिर मनग्य लाभ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन्।

मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह

सामाजिक काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो

स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिको चक्रमा अलमलिनुपर्दा नियमित काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अध्ययनमा राम्रो प्रगति गर्ने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् र दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। साँझतिर प्रतिस्पर्धीलाई हराउन सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ।

वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु

शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। साँझदेखि पारिवारिक असमझदारीले काम रोकिन सक्छ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

मकर – Capricornभो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। अध्ययन र व्यापारमा साेचेकाे प्रगति नहुन सक्छ। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।

कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द

रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेतले केही काम गर्न सकिनेछ। आर्थिक स्राेत–साधन जुटाउने समय छ।

मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि

कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर भने सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours