२७ असोज, काठमाडाैँ । हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्त्व छ । शिवलिंग भनेको भगवान् शंकरको प्रतीक मानिन्छ । धर्मशास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसैले उत्पादक शक्तिको चिन्हको रूपमा लिंगको पूजा गर्ने गरिन्छ ।
लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मातृ शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इङ्गित गर्दछ ।
शिवलिंग पूजा गर्नुका कारणहरू
शिवलिंग मान्यताको अनुसार, लिंग एउटा विशाल लौकिक अण्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।
शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्साउँछन् ।
शिवलिंगका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दाबी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दाबी गरे ।
त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ति बारे पहिला पत्ता लगाउँछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरीत दिशामा शिवलिंगको समाप्ति खोज्न निक्लिए । तर उनीहरूलाई कुनै समाप्ति मिलेन यसले उनीहरूमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् ।
शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।
+ There are no comments
Add yours