पूर्वराजा ज्ञानेन्द्रले निर्मलनिवासमा सर्वसाधारणलाई लगाइदिए टीका (तस्वीरहरू)

२६ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई दशैंको टीका र जमरा लगाइदिएका छन् ।

शनिबार निर्मल निवासमा दिउँसो ४ बजेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

पूर्वराजाको हातबाट नायिका मनीषा कोइराला र नीति शाहले पनि टीका र जमरा लगाएका छन् ।

दशैंको मुख्‍य दिन आज नेपालीहरुले मान्यजनको हातबाट शुभसाइतमा टीका लगाएका छन् । दशैंको टीका लगाउने क्रम पूर्णिमाको दिनसम्म चल्दछ । कुनैकुनै स्थानमा भने दशमीको दिनमा मात्र टीका लगाउने चलन छ ।

तस्विरमा हेर्नुहोस् पूर्वराजा शाहको हातबाट टीका लगाउँदै सर्वसाधारण:

You May Also Like

More From Author

+ There are no comments

Add yours