पापाङ्कुशा एकादशिको महत्व।

२६ असाेज, काठमाडौं । मिति २०८१ साल असोज २७ गते आइतबार आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशि तिथि राती २ / ३० बजेसम्म त्यस उप्रान्त द्वादशी तिथि भएकोले पापाङ्कुशा एकादशीव्रत मानवकल्याण रउद्धारकोलागि युधिष्ठिर महाराजले भगवान श्रीकृष्णसँग यो दिन केहो ?कसको पूजा गर्नुपर्दछ ?नगर्दा के हुन्छ ?गरेपछि के फल प्राप्त हुन्छ ?भनि सोधेको हुनाले भगवान भन्नुहुन्छ। आज “पापाङ्कुशेति विख्यता सर्वपापहरा परा “आश्विनशुक्ल पापाङ्कुशा एकादशीको व्रत बस्नेदीन हो। यो व्रत बस्नाले सवै पापहरु पखालिन्छ। त्यसैले यो दिन व्रत बस्नुपर्दछ। कसको पूजा गर्नुपर्दछ भन्दा

“पद्मनाभा Sभिधानंतु पूजयेत तत्र मानव :”

अर्थात् यस एकादशीमा मानिसले ‘पद्मनाभ’नामगरेको लक्ष्मीनारायण भगवानको पूजा गर्नुपर्दछ। त्यसपछि मानिसले कहिल्यै पनि कसैको निन्दा ,स्तुति ,गान गर्नुहुँदैन। झन् विष्णुभक्त {वैष्णव }को त निन्दा गर्योभने “यो निन्देद् वैष्णवं लोकं सयाती नरकं ध्रुवम् ” अर्थात् जो जन वैष्णवको निन्दा गर्दछ ,त्यो जन अवश्य नै नरकमा जान्छ।

जो मनुष्यले शार्ङ्‍ग धनुषधारी भगवान विष्णुको शरण लिएको छ, त्यसले कहिल्यै पनि यमयातना भोग्नु पर्दैन। हजरौं वाजपेय र अश्वमेध यज्ञबाट जुन फल प्राप्त हुन्छ, त्यो एकादशीको व्रतको सोह्र भागको एक भाग पनि होइन। संसारमा एकादशीको समता हुने कुनै पुण्य छैन। यस एकादशी बराबरको पवित्र वस्तु तीनै लोकमा केही पनि छैन। यस एकादशी-बराबरको कुनै व्रत छैन। जबसम्म मनुष्यले पद्‍मनाभ अर्थात पापाङ्कुशा एकादशीको गर्दैनन, तबसम्म उनीहरूको शरीरमा पापले निवास गर्दछ।यो एकादशीले स्वर्ग, मोक्ष, आरोग्यता, सुंदर स्त्री तथा अन्न र धनलाई प्रदान गर्दछ। एकादशीको व्रतको समानता गंगा, गया, काशी, कुरुक्षेत्र र पुष्कर नामक तीर्थले पनि गर्न सक्दैनन। हरिवासर अर्थात एकादशीको व्रत लिनाले र जागरण गर्नाले सहजै मनुष्यले विष्णु पद प्राप्त गर्दछ। यो व्रत नगर्दा सारापापहरु बाँकिरहन्छ र अन्त्यमा नरकमा जानुपर्दछ। त्यसैले कलिकालमा मनुष्हरुले दुर्लभ यो चोलालाई शुलभ बनाउन यो व्रत बस्नु सान्दर्भिक मानिन्छ। के फल प्राप्तहुन्छ भने

“दशवै मातृपक्षे च दश राजेन्द्र पैतृके। प्रियाया दश पक्षेतु पुरुषानुद्धरेन्नर ://

“यो एकादशीको विधिपूर्वक व्रत गर्नाले आमापक्षका दश पिंढी ,हे राजन !बाबुपक्षका दश पिंढी अनि आफ्नी पत्नीका र पतिका पक्षका दश पिंढी त्यसपछि विगतका स्त्री र पुरुषहरुलाई उद्धार गरिदिन्छ अर्थात् वैकुण्ठ पुर्याईदिन्छ। बाल्यावस्था, युवावस्था र वृद्धावस्थामा यस व्रतलाई लिनाले पापी मनुष्य पनि दुर्गति प्राप्त नगरी सद्‍गति प्राप्त गर्दछ। आश्विन मासको शुक्लपक्षको यस पापांकुशा एकादशीको व्रत जुन मनुष्यले गर्दछ, त्यो अन्त्यमा हरिलोक पुग्दछ तथा समस्त पापबाट मुक्त हुन्छ। सुन, तिल, भूमि, गौ, अन्न, जल, छाता तथा जुत्ता दान गर्नाले मनुष्यले यमराज देख्नै पर्दैन। जो मनुष्यले कुनै प्रकारको पुण्य कर्म नगरी जीवनका दिन व्यतीत गर्दछ, त्यो कामीको खलाँतीले जसरी सास फेर्छ र निर्जीव समान हुन पुग्छ। निर्धन मनुष्यले पनि आफ्नो शक्ति-अनुसार दान गर्नु पर्दछ तथा धनयुक्तले त सरोवर, बगैंचा, घर आदि बनाएर दान गर्नु पर्दछ। यस्तो कर्मगर्ने मनुष्यले यमलोकको द्वार कहिल्यै पनि देख्नु पर्दैन तथा संसारमा दीर्घायु भएर धनाढ्‍य, कुलीन र रोगरहित हुनपुग्छ।त्यसैले मानिस अधर्मले नरकमा खाँदिन्छ र धर्मले वैकुण्ठ चढ्छ। हजुरहरुनै भन्नुहोस् के गर्नेहो ?यहाँहरुको जिम्मा प्रभु !
पं बालमुकुन्द देवकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours