दसैंमा खानपान खानपानलाई बढी महत्त्व दिइन्छ, स्वस्थ मासु खाँदै हुनुहुन्छ? अपनाउनुस् यी विधि

राजेन्द्र तिवारी

२३ असाेज, काठमाडौँ ।
दसैं-तिहार प्रत्येक नेपालीका घरआँगनमा भित्रिइसकेको छ। हुनेखानेले सक्दो खर्च गर्छन् भने नहुनेहरु पनि दसैं-तिहारका लागि ऋणै गरेर भए पनि पर्व मनाउँछन्। दसैंमा खानपान बढी हुने गर्छ। घरपरिवारका सबै जम्मा हुने र रमाइलो गर्ने हुँदा खानपानलाई बढी महत्त्व दिइन्छ।

खुसी साट्ने नाममा अस्वस्थकर खानेकुराबाट भने बच्नुपर्छ। दसैंका बेला नाफा कमाउनेहरु कर्के नजर उपभोक्ता ठग्ने पनि हुन सक्छ। यसर्थ, स्वस्थ खानेकुरा किन्दा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। दसैंमा परिवार, छरछिमेक मिलेर सिंगै खसीबोका किन्ने प्रचलन पनि छ। खसीबोका नकिन्नेले भने बजारमा पाइने मासु खरिद गरी दसैं मनाउँछन्। बजारमा पाइने मासु किन्दा स्वस्थ भए-नभएको छुट्याउन विशेष होसियारी अपनाउनुपर्छ।

नेपालमा मनाइने चाडमध्ये बडादसैं ठूलो पर्व हो। आफूभन्दा ठूला मान्यजनको हातबाट रातो टीका र आशीर्वाद लिने र मिठाई खाने पर्वका रूपमा दसैंलाई चिनिन्छ।

यो पर्वमा ऋण लिएरै पनि नयाँ लुगा लगाउने र मासु काट्ने प्रतिस्पर्धा हुने गर्छ। यही कारणले उखानै छ–दसैं आउँछ, गरिब निमुखालाई ऋण बोकाएर जान्छ।

मासु पौस्टिक खाना हो, जसमा १० देखि २५ प्रतिशत प्रोटिन हुन्छ। यसमा जिंक, भिटामिन बी र पोटासियम पाइन्छ। यिनलाई मानिसको शरीरका लागि आवश्यक पोषक तत्त्व मानिन्छ। सन्तुलित आहारमा मासुको प्रयोग अत्यावश्यक मानिन्छ।

दसैंमा अधिक मासु सेवनको असरले विभिन्न रूपका दीर्घकालीन रोग निम्त्याउने अमेरिका र युरोपका विभिन्न विश्वविद्यालय अन्वेषक र मासु विज्ञहरू बताउँछन्। दैनिक रूपमा धेरै रातो मासु खाँदा मानिसको मुटुमा असर पर्ने र उच्च रक्तचाप र क्यान्सर हुने गरेको विभिन्न अध्ययनले देखाएको छ।

दसैंमा अस्वस्थ मासु खाँदा ब्याक्टेरियाको संक्रमण हुने, कीराको लार्भा शरीरमा प्रवेश गर्ने र मासुबाट विभिन्न रोग सर्ने गरेको पाइन्छ। यी कारणले विभिन्न चाडपर्व मनाएर अस्पताल भर्ना हुनेको संख्या पनि बढ्ने गर्छ।

दसैंमा खसी–बोका किन्दा केही आधारभूत कुरामा ध्यान दियौं भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ। जस्तैः धेरै पातलो, आवश्यकताभन्दा बढी रसिला आँखा भएको किन्नुहुँदैन। यस्ता लक्षण सामान्यतया बिरामी हुँदा देखा पर्छन्।

सरकारले हाल खसी–बोकालाई रातो र हरियो रङ दिएर परीक्षण गर्ने गरेको छ। हरियो सिङ भएका खसी–बोका स्वस्थ हुन्छन् भने रातो अस्वस्थ हुन्छन्। खसी–बोका काट्नेदेखि लिएर मासु पकाएर खाने र भण्डारण गर्ने प्रक्रियामा ध्यान दिन सकिए मासुजन्य रोगबाट बच्न सकिन्छ।

कसरी छान्ने स्वस्थकर मासु?

मासु हल्का गुलाबी रङको हुनु हुँदैन ।
यदि मासु हरियो र प्याज रङको छ भने यो मानव उपभोगका लागि हानिकारक हुन सक्छ ।
मासुमा कुनै अमिलो, बिग्रिएको, अप्रिय गन्ध हुनु हुँदैन ।
मासुलाई फ्रिजमा छुट्टै छोपेर सफा र चलिरहेको फ्रिजमा राख्नुपर्छ।
मासु काट्दा र समात्दा विशेष ध्यान दिनुपर्छ ।
बासी र खुला मासु खानुहुँदैन ।
कुनै पनि हालतमा काँचो मासु नखानुहोस् ।
सेकुवा, ह्याकुला छोइला आदि भुटेको मासु सकेसम्म नखानु जाती हुन्छ ।
राम्ररी धोएर र राम्ररी पकाएको मासु मात्र खाने ।
विभिन्न प्रकारका मसला र तेलको प्रयोग कम गर्नुपर्छ ।
सकेसम्म फ्याट कम भएको मासुको प्रयोगमा जोड दिनुस्।
मासुलाई अन्य पकाएको परिकारसँगै फ्रिजमा राख्नु हुँदैन। ताजा मासुलाई २ देखि ४ डिग्री सेल्सियसमा ४८ घन्टासम्म फ्रिजमा भण्डारण गर्न सकिन्छ ।
फ्रिजमा राख्दा सधैं मासु छोप्नुहोस् र यसलाई माथि कहिल्यै नराख्नुहोस्। माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणु तरल पदार्थ, हावाको माध्यमबाट तल्लो सतहमा पर्न सक्छन् ।
खानेकुरा पकाएको भाँडा, तरकारी, शाकाहारीका लागि तयार÷छुट्टाइएका परिकारहरू, फलफूल र तरकारीको जोखिम हुन्छ ।
काँचो मासु र पकाएको मासु एकै ठाउँमा राख्नु हुँदैन ।
घरमा मासु पकाउँदा सरसफाइमा ध्यान दिनुहोस्। मासु खाँदा सकेसम्म हरियो सागसब्जी खाने बानी गर्नुपर्छ। मासु खाएपछि तुरून्तै आइसक्रिम, दही, क्रिम डिस नखाने ।
दैनिक व्यायाम गर्नुपर्छ। सुरक्षित उपाय अपनाएर भण्डारण गरिएको छ वा छैन भनी निरीक्षण गरेपछि मात्रै खाने।

You May Also Like

More From Author

+ There are no comments

Add yours