´छक्का पञ्जा ५’लाई सार्वधिक सो,अग्रिम टिकट बुकिङ खुल्ला

२२,असोज काठमाडौं। बडा दशैँको छेको पारेर यही असोज २४ गते फूलपातीदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘छक्का पञ्जा-५’ को अग्रिम बुकिङ खुल्ला गरिएको छ ।

पछिल्लो समय नेपालमा अत्याधिक मात्रमा सफल भएको चलचित्र मानिन्छ छक्का पन्जा सिरिज सोही सिरिजको छक्का पन्जा ५ दशैको फुलपाती असोज २४ बाट प्रदर्शन हुँदै छ ।

दीपाश्री निरौलाको निर्देशन रहेको यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री, आर्यन सिग्देल, निर्मल शर्मा, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित, रामेश्वर केसी, तेज गिरी लगायतको अभिनय छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको यो चलचित्रमा हरि हुमागाईंको डिओपी तथा उत्तम हुमागाईंको छायांकन रहेको छ ।

चलचित्रमा दीपकराज स्वयंको पटकथा लेखन छ भने कथा र संवादमा उहाँलाई केदार घिमिरे र दीलिप तामाङले सघाएका छन् । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा विपिन मल्लको सम्पादन छ ।

आक्रामक रुपमा भइरहेको बुकिङले फिल्मको रिलिज अगावै मल्टिप्लेक्सका केही शोज सोल्डआउट हुने सम्भावना बलियो छ । फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक अत्याधिक देखिएका छन् । बिहान ८ बजे र साँझ ६ बजेपछिको शोजको टिकट बढी बिक्री भइरहेको छ ।

बुकिङ खुल्ला गरिएको केही घण्टा नवित्दै आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ। दिपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ ले पहिलो दिन नै करोड ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ ।

‘छक्का पञ्जा’को अघिल्ला चार सिरिज सफल भएका थिए । पाँचौं सिरिज पनि सफल हुनेमा निर्माणपक्ष आशावादी रहेको छ । तर, यसपटक यही मितिमा दुई स्वदेशी चलचित्र ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ प्रदर्शनमा आउन लागेका छन् ।


You May Also Like

More From Author

+ There are no comments

Add yours