दशैं बिदामा पनि मानव अधिकार आयोग खुला रहने

२२ असोज, काठमाडौं । दशैं बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोग खुला रहने भएको छ । आयोगका सहसचिव टीकाराम पोखरेलले प्रेस नोट निकालेर दशैं बिदामा पनि आयोग खुला रहने जानकारी दिएका हुन् ।

उनका अनुसार दशैं बिदाको अवधिभर आयोगको केन्द्रीय, प्रदेश तथा शाखा कार्यालयहरू बिहान ११ बजेदेखि दिउँसो दुई बजेसम्म खुला रहनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours