३ एसएसपीको सरुवा, दिल्ली दूतावासमा पठाइए दास

२२ असोज, काठमाडौं। नेपाल प्रहरीका तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट आज मंगलबार तीन एसएसपीको सरुवा गरिएको हो।

जसअनुसार भारतको दिल्लीस्थित नेपाली दूतावासमा एसएसपी सन्जीव शर्मा दासलाई पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

यसअघि दिल्ली दूतावासमा रहेका उमाप्रसाद चतुर्वेदीको भने काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाह पथमा सरुवा गरिएको छ ।

त्यसैगरी प्रहरी हेडक्वाटरको कार्य विभागमा रहेका एसएसपी दीपक बस्नेतलाई प्रदेश प्रहरी कार्यालय नेपालगञ्जमा पठाइएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours