ग्लोबल आईएमई बैंकले घोषणा गर्‍यो लाभांश

२२ असोज, काठमाडौं । ग्लोबल आईएमई बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

सोमबार साँझा बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयर धनीलाई चुक्ता पूँजीको ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

बोनस सेयरका लागि कम्पनीले कर छुट्याएको छैन । राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउने छन् ।

गत वर्ष कम्पनीले ८ प्रतिशत नगद र १ प्रतिशत बोनस सेयर दिएको थियो । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता २५३ रुपैयाँ १० पैसा छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours