कोषले दियो खेलाडीद्वय सिद्धिकीताज र विपिनराजलाई उपचार खर्च

२१ असोज, काठमाडौं। राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।

सिद्धिकीताज बबरलाई १ लाख ५० हजार तथा विपिनराजसिंह दर्जीलाई ७५ हजार रुपैयाँ प्रदान गरियो। सिद्धिकी सडक दुर्घटना परी घाइते भएका थिए।विपिनको मिर्गौला मा समस्या छ ।

कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours