चितवनको टिकौलीमा मोटरसाइकल र स्कुटर ठोक्किंदा एक जनाको मृत्यु, ५ जना घाइते

२१ असोज, चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको टिकौली जंगलमा तीनबाट मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

आज बिहान सवा ९ बजे रत्ननगर नगरपालिका-९ टिकौलीमा ना४३प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा बा.प्र.०३-००३प ८६६ नम्बरको स्कुटर र ग१२प ७१७२ नम्बरको मोटरसाइकल ठोक्किन पुगेका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङजा आँधीखोला गाउँपालिका-३ बस्ने वर्ष २३ को रोहन पौडेलको उपचारको क्रममा मृत्यु भएको छ । उनको शव भरतपुर अस्पतालमा राखिएको छ ।

घाइते ४ जनाको नयाँ मेडिकल कलेजमा र १ जनाको बकुलहर अस्पतालमा उपचार भैरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours