कसले चलाउँछ लेबनान ? हेजबुल्लाह कति शक्तिशाली छ ?

२१ असाेज, बीबीसी । पछिल्लो २ हप्तादेखि मध्यपूर्वी देश लेबनान इजरायली आक्रमणको निशाना बनिरहेको छ ।

इजरायली आक्रमणमा अहिलेसम्म लेबनानमा एक हजार भन्दा धेरै मानिसको मृत्यु भैसकेको छ ।

इजरायली सेनाले लेबनानमा हवाई हमलासँगै स्थल सेनाबाट समेत आक्रमण सुरु गरेको छ ।

लेबनानमा पछिल्लो इजरायली आक्रमणको कारण चाहिं त्यहाँ रहेको इस्लामिक विद्रोही संगठन हेजबुल्लाह र इजरायल बीचको युद्ध हो ।

हेजबुल्लाहलाई इरानले समर्थन गरेको छ । हेजबुल्लाह लेबनानमा रहेको शिया मुस्लिम राजनीतिक तथा शक्तिशाली सैन्य संगठन हो ।

हेजबुल्लाह लेबनानको राष्ट्रिय सेनाभन्दा पनि अधिक शक्तिशाली रहेको छ र सेनाले नै हेजबुल्लाहलाई समर्थन गरेको छ ।

हेजबुल्लाह कुनै आधिकारिक सरकारी संगठन त होइन तर लेबनानमा पछिल्लो चार दशकमा यो एउटा विशाल शक्ति बनिसकेको छ ।

लेबनानमा कसको शासन ?

लेबनानको सत्ता त्यहाँका विभिन्न धार्मिक सम्प्रदायको बीचमा बाँडिएको छ । सन् १९४३ मा फ्रेन्च उपनिवेशबाट स्वतन्त्र भएपछि एउटा सन्धि भएको थियो । त्यसपछि लेबनानमा सबै धर्महरुको मिलिजुली सरकार बन्यो ।

जसअनुसार लेबनानको राष्ट्रपति इसाइ धर्मावलम्बीलाई बनाइन्छ भने प्रधानमन्त्री पद सुन्नी मुसलमानलाई दिइन्छ । जबकि संसदको सभामुख पदचाहिं शिया मुस्लिम समुदायको व्यक्तिले पाउँछ ।

त्यसबेला लेबनानको आधाभन्दा धेरै जनसंख्या इसाइ धर्मावलम्बी थिए र बाँकी आधा सुन्नी र शिया धर्म मान्ने मानिसहरू ।

तर, धेरै मानिसहरू अहिले यो सन्धि पुरानो भैसकेको बताउँछन् । किनकि लेबनानमा अहिले इसाइ, सुन्नी मुसलमान र शिया मुसलमान सबैको जनसंख्या करिब ३०/३० प्रतिशत छ ।

उक्त सन्धिको समयमा लेबनानको संसदमा इसाइ र मुस्लिम समुदायलाई आधा-आधा सिट प्राप्त भएको थियो । अहिले कुल जनसंख्यामा सबैभन्दा धेरै मुस्लिम समुदायको छ । अर्थात् शिया र सुन्नी मुस्लिमहरुको संख्या इसाइ धर्मावलम्बीको भन्दा धेरै छ ।

लेबनानमा कुनै पनि एक पार्टी वा धर्म मान्नेहरुको सरकार नै बन्न सकेको छैन । त्यहाँ सरकारहरू नै गठबन्धनबाट बन्दछन् । सबै ठुला निर्णयहरु सर्वसम्मतिबाट लिइन्छ । त्यसैले त्यहाँ सत्तामा उथलपुथल पनि देख्न पाइन्छ ।

लेबनानमा हेजबुल्लाहको अवस्था कस्तो छ ?

हिज़्बुल्लाह के लड़ाकों ने इसी साल फरवरी में एक परेड का आयोजन किया था

सन् १९८२ मा इजरायलको विरुद्धमा एक शिया मुस्लिम संगठनको रुपमा हेजबुल्लाहको स्थापना भएको थियो ।

हेजबुल्लाहको अर्थ अरबी भाषामा ईश्वरको पार्टी भन्ने हुन्छ । यद्यपि सन् १९८५ मा आधिकारिक रुपमा हेजबुल्लाहको स्थापनाको घोषणा भयो । त्यस समयमा लेबनानमा गृहयुद्ध चलिरहेको थियो र इजरायली सेनाले दक्षिणी लेबनानमा कब्जा जमाइरहेको थियो । हेजबुल्लाहलाई अहिले पनि इरानबाट हतियार र पैसा प्राप्त हुने गरेको छ ।

इरान जस्तै लेबनानलाई पनि एक शिया मुस्लिम राष्ट्र बनाउन चाहेको हेजबुल्लाह बताउने गर्दछ । उसले दक्षिणी लेबनान र प्यालेस्टाइनी इलाकाबाट इजरायलको कब्जा समाप्त गर्ने कसम खाएको छ।

सन् २००९ मा हेजबुल्लाहले एक घोषणापत्र सार्वजनिक गर्‍यो, जसमा लेबनानलाई मुस्लिम देश बनाउने कुरा गरिएको थिएन । तथापि इजरायलप्रति उसको दृष्टिकोण भने बदलिएको थिएन ।

जब सन् १९९० मा लेबनानको गृहयुद्ध समाप्त भयो तब युद्धमा सहभागी विभिन्न गुटहरुले आफ्ना सेनाहरु भंग गरे । तर, हेजबुल्लाहले भने आफ्नो सैन्य संरचना कायमै राख्यो ।

हिज़्बुल्लाह के लड़ाके परेड करते हुए

दक्षिण लेबनानमा इजरायलविरुद्ध लड्नका लागि सेनाको आवश्यकता रहेको हेजबुल्लाहको भनाइ छ । इजरायलले सन् २००० मा त्यस क्षेत्रबाट आफ्नो सेना फिर्ता बोलायो, जसलाई हेजबुल्लाहले आफ्नो जितको रुपमा प्रचार गर्‍यो ।

हेजबुल्लाहले शिया धर्मावलम्बी भएका लेबानानी क्षेत्रहरुमा विद्यालय, स्वास्थ्य सेवा लगायतका विभिन्न सामाजिक सेवा प्रदान गर्दछ ।

लेबनानका अन्य पार्टीहरुले पनि आ-आफ्ना निर्वाचन क्षेत्रमा यस्ता सेवाहरू उपलब्ध गराउँछन् । तर, हेजबुल्लाहको सञ्जाल अरुको तुलनामा निकै ठुलो मानिन्छ ।

लेबनानमा हेजबुल्लाह कसरी शक्तिशाली बन्यो ?

हेजबुल्लाहको सबैभन्दा ठूलो शक्ति भनेकै उसको सेना नै हो । हेजबुल्लाहले आफ्ना लडाकुहरुको संख्या एक लाख भएको बताउँछ । यद्यपि स्वतन्त्र रुपमा गरिएका आँकलन अनुसार हेजबुल्लाह लडाकुहरुको संख्या २० हजार देखि ५० हजारको बीचमा रहेको छ ।

अमेरिकी थिंक ट्यांक सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेसनल स्टडिजका अनुसार हेजबुल्लाहसँग रहेका रकेट तथा मिसाइलको संख्या एक लाख २० हजार देखि २ लाखसम्म रहेको छ ।

यसलाई विश्वकै सबैभन्दा शक्तिशाली गैरसरकारी सेनामध्ये एक मानिन्छ । हेजबुल्लाहको सेनालाई लेबनानको सरकारी सेनाभन्दा पनि शक्तिशाली मानिन्छ ।

लेबनानको सरकारका कमजोरीहरुको फाइदा पनि हेजबुल्लाहले उठाइरहेको छ । उदाहरणका रुपमा लेबनानमा सन् २०२२ देखि राष्ट्रपति पद रिक्त छ । दलहरुबीच कसलाई राष्ट्रपति बनाउने भन्ने कुरामा सहमति जुट्न सकेको छैन ।

हेजबुल्लाहरुलाई उसको एजेन्डा अगाडि बढाउनबाट रोक्ने शक्ति केन्द्र सरकारसँग छैन ।

लेबनानमाथि बढ्दो इजरायली आक्रमणका बीच अक्टोबर ६ तारेखका दिन लेबनानी प्रधानमन्त्री नाजिब मिकातीले युद्धविरामका लागि अन्य देशहरुको सहयोगका सम्बन्धमा कुराकानी गरेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours