रुपेशलाई किन्न ७ टोलीको प्रतिस्पर्धा, १० लाखमा जनकपुरमा

२० असोज, काठमाडौं । तीव्र गतिका बलर रुपेश सिंह १० लाख रुपैयाँमा जनकपुर बोल्ट्समा पुगेका छन् ।

चितवन बाहेक अन्य सबै टोलीले अक्सनमा मूल्य लगाएका थिए । क्याटेगोरी बी मा न्यूनतम ५ मूल्य राखेका उनलाई ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । चिट्ठाबाट जनकपुरले पाएको हो ।

मधेशबाट खेल्ने उनले तीव्र गतिसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । घरेलु क्रिकेटमा उनले लगातार पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यर्सैको कारण महँगो मूल्य पाएका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours