पशुपति धर्मशालाको व्यवस्थापन अब कोषले गर्ने

२० असोज, काठमाडौं । लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर सञ्चालन गर्दै आएको पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन अब पशुपति विकास कोषले नै गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्‍को आइतबार बसेको बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय भएको हो ।

धर्मशाला व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै बैठकले आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला गरि दिएको छ ।

मारवाडी सेवा समितिले यसअघिको करार बदरको माग राखेर काठमाडौं जिल्ला अदालतमा कोष विरुद्ध मुद्दा दायर गरेको थियो । सोही मुद्दामा १६ असोजको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।

बैठकमा परिषद् सदस्य समेत रहेका काठमाडौं महानगरपालिका मेयर बालेन साहको पनि उपस्थिति रहेको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours