२० असाेज, काठमाडौं । काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । चोरी भएका ती सवारी साधन ट्राफिक प्रहरीले काँडाघारी, सानोथिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकीबाट फेला पारको थियो ।
साउन महिनायता चोरी भएका १४१ वटा दुईपांग्रे सवारी अनुसन्धानबाट पत्ता लगाएर धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
+ There are no comments
Add yours