महासंघ अध्यक्ष ढकाल सम्मानित

२० असाेज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित भएका छन् । ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको हो ।

मुलुकको अर्थतन्त्र विकासमा पुर्‍याएको योगदानका साथै साविक पश्चिमाञ्चल विकास क्षेत्रबाट नेपाली उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकोमा ढकाललाई सम्मान गरिएको मञ्चको भनाइ छ । ढकाल मञ्चका निवर्तमान अध्यक्ष समेत हुन् ।

मञ्चको वार्षिक साधारणसभाका अवसरमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल लगायतलाई पनि सम्मान गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours