नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता

२० असाेज, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फण्ड लिमिटेडले साधारण शेयर(आईपीओ) जारी गर्ने भएको छ । ग्लोबल इक्वीटी फण्डद्वारा स्थापित यो कम्पनीमा नेपालमा स्थापित इन्स्योरेन्स कम्पनीहरुको लगानी रहेको कम्पनीmले जनाएको छ ।

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड (एनआईआईएफ) बीच आईपीओ निष्कासनका लागि विक्री प्रबन्धक तथा परामर्श सेवा प्रदान गर्न सहमति भएको छ ।

लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्डका कार्यकारी अध्यक्ष डा मनीष थापाबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो। नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फण्ड लिमिटेडले कृषि, नविकरणीय उर्जा, पर्यटन, सूचना प्रविधि (आईसीटी), स्वास्थ्य सेवा र उत्पादन क्षेत्रका कम्पनीहरूमा लगानी गरिरहेको छ ।

एनआईआईएफ २०७९ साल कात्तिक २९ मा दर्ता भएको थियो र यसको पहिलो लगानी २०७९ साल माघ ५ मा सम्पन्न भएको थियो। यस फण्डको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १ अर्ब २० करोड रुपैयाँ छ, जसको २० प्रतिशत शेयर आगामी आईपीओका लागि सुरक्षित राखिएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours